दिपक अभिमन्यू

गजल: पगरी लिलाम हुनेलाई न दसै‚ न तिहार खास के र !

Hollywood Khabar October 16,2018 Comments

बन्धकीमा गैरीखेत हुनेलाई मासुभातको आश के र !
पगरी लिलाम हुनेलाई न दसै‚ न तिहार खास के र !!
 
यसपाली नि ऋणतिर्न पैसा पठाएन छोराले यत्तिकै भो !
न आङमा घाम‚ न भोक‚ न निन्द्रा‚अरु भए बिन्दास के र !!
 
गाउँमा लिङ्गेपिङ मच्चीरहदा मनभरि ज्वारभाटा उठेपछि !
जिवनमा एकोहोरो बाढीपहिरो गएपछि रहन्छ आशपास के र !!
 
हिउद बर्खा चाडपर्व मेला बाह्रै महिना एकनास जोतीएकै छु!
एकसरो नयाँ लाउने ल्याकत नभएसी दसैको त्यो मिठास के र !!
 
दिपक अभिमन्यू