दिपक अभिमन्यू

गजल सुखको आश देखाई, दुःखलाई छलिरा'छु

Hollywood Khabar December 30,2018 Comments

भोलीको मिठो सुखको आश देखाई, दुःखलाई छलिरा'छु  
मन मरिसकेको छैन अझै, आत्म बिश्वासले चलिरा'छु !!

सगरमाथा झैं उच्च छैन भन्दिन मेरो लक्ष्य र उद्देश्य
जसरी नी गन्तब्य पुग्नुछ यहि हौसलाले पाईला चालीरा'छु !!

त्यसै खेर जाने हो की कतै मेरो श्रम माया र इमान्दारिता
के गर्नु स्वार्थी संसार बिच एक्लो बृहस्पती भई जलिरा'छु !!

लोभी र पापीकै रगरगी र जगजगी भएको यो दुनियाँमा
आत्मबिश्वासको ढोल बजाउँदै आधा बाटोमै अलमलीरा'छु !!