गजल पत्रपत्रमा सजाएको छु गुलाबको फूल भित्र

0
shares

by Soni Sharma | Updated: 13 Aug 2019

97 views
  अभिमन्यू दिपक 

पत्रपत्रमा सजाएको छु गुलाबको फूल भित्र ,
धरोधर्म खोट छैन,तिमलाई गरेका कबुल भित्र ।

तिम्रै नाम लेखीकन छातीभित्र जताततै,
तिम्रै तस्बिर छापेकोछु ह्यृदयको तुलभित्र ।

कुनै कुरा नलुकाइ तिमीलाई भन्दाखेरि,
तिमि मात्रै देखें, मैले करोडौको हुल भित्र ।

खोला होकी तिम्रो माया,खहरे हो थाहा छैन ,
तिमि बाहेक कोहि छैन आँशुको यो मुलभित्र।