दिपक अभिमन्यू

गजल : परेली मै लुकाउँदानि, आँसु कतै लुकेननि ।

Hollywood Khabar August 23,2017 Comments

परेली मै लुकाउँदानि, आँसु कतै लुकेननि ।
ठाडो शिर सधै रह्यो, कहिले झुकेननि । 

मर्दै गए ईच्छा सबै मनको चाहसङ्गै
गाँठो उस्तै समस्याको कहिले फुकेननि 

भकुण्डोको खेल जस्तै भयो जिन्दगानी ।
गोल गर्न पोष्टछेउ बल कहिले पुगेननि

निराशाको कालो बादल छाउन नदिइकन 
अघिबढें गन्तब्यमा पुग्न कहिले चुकिननि