अभिमन्यू

गजल मोती टिप्ने रहर

Hollywood Khabar April 21,2018 Comments

सागरको गहिराईमा पुगेर मोती टिप्ने रहर बाँकीछ 
कसरी बुझ्ने आफ्नै मान्छेको मनभित्र जहर बाँकीछ 

सपना सारा देखाउँदै,आकाशका जून टिप्ने,तारा झार्ने 
देखाउने र छुपाउने त्यो रुप कस्तो?गर्न ठहर बाँकीछ

किन हुन्छ नजर अचेल अबिश्वासी बर्षातको खहरे झैं 
उनकै यादमा साउने झरी झैं बर्षन हर साँझ बाँकीछ

थाहा पाउँदैछु पाइला अन्तै मोडी सकेर हो कि कतै 
प्यास अधुरै मनको,मायामा चुर्लुम्म भै मेट्न बाँकीछ