दिपक अभिमन्यू 

गजल : जीन्दगीको गोरेटोमा हात दिन पाए

Hollywood Khabar March 11,2019 Comments

दु:ख कष्ट पीडा हुदा साथ दिन पाए हुन्थ्यो ।
जीन्दगीको गोरेटोमा हात दिन पाए हुन्थ्यो ।।

समस्याको जालोबिच अन्धेरो त्यो मुहार सधैं ।
एउटा झलमल जुनेली रात दिन पाए हुन्थ्यो ।।

जिन्दगी नै उजेल्याउने झलमल घाम भाʼको ।
तिम्लाई एउटा त्यस्तो प्रभात दिन पाए हुन्थ्यो ।।

हिड्दा हिड्दै गोरेटोमा भेटेको छु तिमीलाई ।
लाग्छ सारा खुशीहरुको खात दिन पाए हुन्थ्यो ।।

जिवनदेखि निराश भाको देख्दाखेरि किनकिन?
जीन्दगीलाई यस्तो कुनै मात दिन पाए हुन्थ्यो ।।