दिपक अभिमन्यू

गजल जिन्दगीलाई एक पल्ट मिलाएर छाँट्न मन छ

Hollywood Khabar September 10,2018 Comments

जिन्दगीलाई एक पल्ट मिलाएर छाँट्न मन छ ।
जीवनका सपनाहरु डोरी झैं कसेर बाट्न मन छ ।।

धेरैका धरैथरि सुने दुखसुखका जीवन गाथाहरु।
 हातेमालो गर्दै जीवनको यात्रा त्यो आँटन मन छ ।।

तिमीस‌ग भएका दुख पीर व्यथाहरुलाइ जीवनमा ।
मेरा सुख शान्ती र खुशीहरुसङ्ग साट्न मन छ।।


कालो बादलमा पनि चाँदीकोको घेरा हुन्छ भन्छन ।
दुधको दध पानीको पानी भइ एक पल्ट फाट्न मन छ।।