दिपक अभिमन्यू

गजल: बेलाबखत समुन्द्री आँधी झैं अद्भुत लाग्ने‚जिन्दगी लहर झैं दुख्छ

Hollywood Khabar November 15,2017 Comments

व्यथा छातीभरि अविरल ईन्द्रावती झैं‚जिन्दगी बगर झैं दुख्छ।
मन मनको गृहयुद्दको भुमरिमा सधैं‚जिन्दगी कहर झैं द्ख्छ।।

मनभरी अनगिन्ती बिरही तरंगहरु उर्लीरहदा,बाँध बाध्न गाह्रो
मनको नेपथ्यबाट गन्तब्य नियाल्दा‚जिन्दगी किनार झैं दुख्छ।।

दुनियाँका लागि बाँचिरहे सदा ‚अझै बाँच्छु जिवन रहेसम्मलाई 
आफ्ना लागि बाँच्न खोज्दा‚जिन्दगी अनगिन्ती रहर झैं दुख्छ।।

खुशी पाएको छु खुशीसाथ जिउने रहरछ‚पुरा होस जिन्दगीसंग 
हातेमालो गर्दै गन्तब्यतर्फ अघिबढ्दा‚जिन्दगी प्रहरप्रहर झैं दुख्छ।।

नाउ जिन्दगीको खुशीसाथ‚खियाउँदै पार लगाउन खोज्दाखोज्दै
बेलाबखत समुन्द्री आँधी झैं अद्भुत लाग्ने‚जिन्दगी लहर झैं दुख्छ।।