-गणेश प्रसाद पौडेल

गजल-राधालाई साह्रै मख्ख बासुरीले पार्यो

Hollywood Khabar June 25,2019 Comments

जे जे पार्नु पार्यो यहाँ पिरतीले पार्यो
राधालाई साह्रै मख्ख बासुरीले पार्यो।

दोष दिन छोडिनन् बुढेसकालसम्म
सधैंभरि रुवाउने यो दुखीले पार्यो ।

छोडि गए पनि टाढा सात समुन्द्र पर 
सम्झेकै रहेछ भन्ने बाडुल्किले पार्यो ।

राता राता गालामा मोती दाना जस्तो 
मलाई मख्ख गालाको कोठीले पार्यो ।

हल्ला सुन्छु सहरदेखि गाउँघरसम्म 
मायाको गाँठो दह्रो बहुरुपीले पार्यो ।

©गणेश प्रसाद पौडेल वहुरुपी