दिपक अभिमन्यू 

गजल थरथराएका अधर देखें लजाएका नज़र पनि

Hollywood Khabar February 10,2019 Comments

ढाका टोपी लाउदा मैले कर्के नजर लायौ किन ?
आँखा झिमझिम पारीपारी ईशाराले बोलायौ किन ?

आउदा जाँदा बाटोभरि देखेकै हो सधै भरि 
आज के भो अनायासै नजिक नजिक आयौ किन ?

थरथराएका अधर देखें ‚ लजाएका नज़र पनि 
जम्काभेट हुदा आज यतिसारो हडबडायौ किन ?

कता जान कस्सिएर हिडेकि थियौ कुन्नी 
अनायासै मलाई देखेर अनकनायासै किन ?

मैल त हेरेको मात्र तिमीले नै ईशारा गर्यौ ‚ 
आँखाको शानसंगै नबुझिने गरि बर्बरायौ किन ?