दिपक अभिमन्यू

गजल कहिलेकहीं त आँसुको न्यानोमै निदाउछु

Hollywood Khabar March 01,2018 Comments

 पूर्णिमाको जुनको ज्योतिसँगै रहर पठाएको छु,नभुल्नु है तिम्ले ।
बिहानीको शितल पवनसंगै खबर पठाएको छु,नभुल्नु है तिम्ले  ।।

कहिले परिस्थितीले छेक्यो आउन, कहिले त्यो पापी परिवेशले  
अगेनोछेउ बस्दै गर म आगो बनी भर्भराएको छु,नभुल्नु है तिम्ले ।।

मौसम त बदलिन्छ नै,तर कहिले विवशताले नबदलियोस मन
बुझिराख्नु  तिम्रो लागि म कति हरहराएको छु,नभुल्नु है तिम्ले ।।

कहिलेकहीं त आँसुको न्यानोमै निदाउछु तिम्रै यादमा सायद 
तिम्रै नाम जप्दै निन्द्रामा धेरै बर्बराएको छु,नभुल्नु है तिम्ले  ।।

त्यति सहज छैन मनभित्र वास दिई सकेपछि भुल्न तिम्लाई 
तिम्रै पुकार गर्दैगर्दै बादल झैं गडगडाएको छु,नभुल्नु है तिम्ले ।।