गजलकार अभिमन्यू दिपक 

गजल तिमी बिना यो शहर र सडकहरु सुनसान भा’छ

Hollywood Khabar May 02,2020 Comments

तिमी बिना यो शहर र सडकहरु सुनसान भा’छ ।
साह्रै नै उराठ लाग्दो अनि बिरक्त धुनधान भा’छ ।।

तिमी भन्थ्यौ मैले छोडेर गएपछि चाल पाउँछौ ।
खै किन हो अचेल जताततै तिम्रैमात्र अभाव भा’छ ।।

महसुस हुदैछ,चाल पाउँदैछु तिमीले भने जस्तै ।
तनमनले तिम्रैमात्र हिजो आज गुनगान गा’छ ।।

एउटै थियो बाटो अनि गन्तब्य’नी एउटै थियो ।
समयले केके गर्यो गर्यो मन साह्रै बिरान भा’छ ।।