https://www.youtube.com/embed/DJuC9KFIZho

गायिका भण्डारीको पप गीत के यो माया हो चर्चामा (भिडियो सहित)

Hollywood Khabar May 22,2017 Comments

मनोज थापा/काठमाण्डौ

छोटो समयमा दर्शकको मन जित्यो के यो माया होले (भिडियो सहित) काठमाडौं/भिडियो सार्वजनिक भएको छोटो समयमा नै पप गीत के यो माया होको म्युजिक भिडियो चर्चामा रहेको छ।म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै उक्त गीतले दर्शक श्रोताको मन जित्न सफल भएको छ।

यस गीतमा दुई दशकदेखि नेपाली सांगितिक क्षेत्रमा सक्रिय गायक जोहेब मानन्धर र चर्चित मोडेल, कोरेयोग्राफर र गायिका रमिता भण्डारीको स्वर रहेको छ । गीतमा गायक जोहेब मानन्धरको शब्द र संगीत रहेको छ। गायिका भण्डारी गायन क्षेत्र, अभिनय र इभेन्टमा व्यस्त छिन् । इन्भेन्ट कम्पनि रशलाईट मिडियाकी अध्यक्ष समेत रहेकी उनी छिट्टै गीति संग्रह ल्याउने तयारीमा छिन् । उनका सबै गीत दर्शक र श्रोताले मन पराएका छन् । यो गीतबाट उनी एक दम आशावादी रहेको र सोचेको भन्दा राम्रो प्रतिक्रिया आएको गायिका भण्डारीले जानकारी दिइन् । एरेन्ज सन्दीप कार्कीको रहेको छ भने मिक्सिङ र मास्टरिङ अशोक महर्जनले गरेका छन् । म्युजिक भिडियोमा जोहेब र रमिता आफैले अभिनय गरेका छन्। यश भिडियो निर्माण रशलाईट मिडियाले गरेको छ।