गाई जात्राको भोलिपल्टदेखि पाँच रात लगातार देखाइने भैरव,कुमारी जात्रा सुरु

0
shares

by Soni Sharma | Updated: 17 Aug 2019

62 views
तस्बीर साभार शिवजी प्रधानको फेसबुकबाट

३२ साउन दोलखा।दोलखामा मात्र मनाइने भैरव कुमारी पर्व शनिबारदेखि सुरु भएको छ।गाई जात्राको भोलिपल्टदेखि पाँच रात लगातार दोलखा बजारको मन्दिर र टोलहरूमा देखाइने भैरव,कुमारी जात्रा भदौ ४ गते राति समापन हुनेछ।टँसिचा टोलमा रहेको कुमारी घरबाट भैरव,कुमारीकी आमा (नकिन),घोडचढी र जाल हान्नेसहित १३ जनाको समूह आकर्षक शैलीमा नाच्दै देखाइने जात्रा शनिबार साँझबाट सुरु भएको हो ।

पर्वका अवसरमा मनको इच्छा पूरा हुने विश्वासका साथ दोलखाका इच्छुक नारीहरू व्रत बस्ने गर्छन्।बिहानदेखि भोको बसेर साँझ जात्रा निकाले पूजापाठ गरेपछि उनीहरूले खाना खाने स्थानीयवासी हर्क बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

पाँच सय वर्ष पुरानो भैरव कुमारी जात्रामा देशका विभिन्न भागबाट मनको इच्छा पूरा हुने विश्वासले श्रद्धालुहरु आउने गर्छन् । दर्शन गर्न, पूजापाठ गर्न र चढाइएका अविर, अक्षता र फूलहरू संकलन गरी लान रातभर रमाइलो गर्दै सहभागीहरू नाच्नेहरूको अघिपछि हिँड्छन् । जात्रा अवधिको ५ रात दोलखा बजारवासी जागै बस्छन् भने होटल र पसल खुला हुन्छन् ।

द्वापर युगमा दोलखा बजारको टोलटोलमा कुमारीले दुःख दिन थालेपछि उनीहरूलाई शान्त पार्दै मानवमाथि कल्याण होस् भनेर यो जात्रा प्रारम्भ गरिएको जनविश्वास छ । तान्त्रिक विधि गरेर सुरु गरिने जात्रा निकाल्नुअघि व्रत बस्ने महिलाहरू दिनभर नखाइ टँसिचाटोलको गुठीघरमा भेला हुन्छन् भने व्रत बस्नका लागि बिहे भएर गएका चेलीबेटी माइती र्फकन्छन् ।