अफ्रिकी विज्ञले चितवन राष्ट्रिय निकुञ्जको गैंडा अध्ययन गर्ने 

0
shares

by Soni Sharma | Updated: 22 Jun 2019

166 views
-चितवन राष्ट्रिय निकुञ्जको गैंडा

८,असार,काठमाडौं।गैंडा मर्ने क्रम बढेपछि अफ्रिकी विज्ञले चितवन राष्ट्रिय निकुञ्जको गैंडा बारे अध्ययन गर्ने भएका छन्।चितवन राष्ट्रिय निकुञ्जले भार क्षमता (क्यारिङ क्यापासिटी) अध्ययन गर्नका लागि अफ्रिकाबाट दुई विशेषज्ञ लाइ बोलाएको छ।आइतबार अफ्रिकाका डा. रिचर्ड र डा. केरिन एक साता नेपाल बसेर गैडाबारे अध्ययन गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए।

९५२.६३ वर्ग किमि क्षेत्रफलमा फैलिएको चितवन निकुञ्जमा गैंडाका लागि मुख्य वासस्थान २५ प्रतिशत मात्र छ। पछिल्लो तथ्यांक (सन् २०१५) अनुसार निकुञ्ज र आसपासको क्षेत्रमा ६ सय ५ वटा गैंडा छन्।घाँसे मैदानको अवस्था, उपलब्ध गैंडा, तिनको जन्म र मृत्युदरलगायत तथ्य केलाएर भार क्षमता आकलनको काम भइरहेको उनको भनाइ छ। नेपाली तथा विदेशी विज्ञले गैंडाको भार क्षमता थाहा पाउन गैंडाको संख्या, आवश्यक घाँसे मैदान, वासस्थान, सिमसार, पोखरीलगायत अन्य आवश्यकताको विश्लेषण गर्नेछन्।चालू वर्ष निकुञ्जमा  प्राकृतिक कारणले ३८ र अन्य कारण दुई गैंडा मरेका छन्।आगामी आर्थिक वर्ष गैंडा गणना गर्ने विभागको तयारी छ।