-जनसम्पर्क अमेरिकामा ध्रुवीकरण सुरु, तेश्रो धार सिटौला-गगनको गठजोड

जनसम्पर्क अमेरिकामा ध्रुवीकरण सुरु, तेश्रो धार सिटौला-गगनको गठजोड

Hollywood Khabar June 22,2020 Comments

कृष्ण के सी/अमेरिका/६/२३/२०

संभवत नेपाली जनसम्पर्क समितिका बारेमा मैले २००७ देखि अहिले सम्म लेखेरका कुरा सबै एकत्रित गर्न सकेको भए एउटा किताब नै हुन्थ्यो होला।

संयोगले नै भन्नुपर्ला यो समितिको स्थापनाकाल देखिको साधारण सदस्य भएको यो व्यक्तिले फेब्रवरी २१, २०२० मा नेपाली काँग्रेस पार्टीको बिधानको नयाँ ब्यबस्था सार्वजनिक भएपछि आफ्नो सदस्यता तत्कालनी/वर्तमान (?) जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट समक्ष फिर्ता गरको हो। यो लामो अबधिमा केहि पदिय जिम्मेवारी पनि पुरा गरेको नै हो। गुट र उपगुटको लडाइँमा अगाडि, बिचमा र पछाडी सबै ठाउँमा भिडिएको पनि हो।

फेरी अधिवेशन गर्न, साधारण सभा गर्न, संस्थालाई गतिमा लैजान पनि जोड गरेको नै हो। यसको जवाफ मैले दिनेगरेको छैन। जसको लागि गरियो उनिहरुले बोल्दा पनि बोल्दैनन। अझै भनौ अरुले जवाफ दिने चलन नेपालीहरुको समुदायमा छैन त्यसैले हाम्रो इतिहास प्राय हराउँने गर्छ।

हुन त केहि तीता अनुभ पनि छन् केहि चर्चा गर्न लायक पनि छन्। २०१४ को टेक्सस अधिवेशनमा बिष्णु सुवेदी टिमलाई मरेर सघाइयो पछि त्यो लवी टुट्यो उनि व्यक्ति बिशेषमा गए म संस्थाको पक्षमा। २०१५ मा डा केशब पौडेलको किचेन क्याविनेटमा थिएँ पछि सबैभन्दा धेरै दु:ख उनैबाट पाइयो। २०१९ को गैरआवासीय नेपाली संघको निर्वाचनमा कुमार पन्तको धेरै नजिक थिएँ धारिलो जवाफ पाइयो।

अब कुरा गरुन नेपाली जनसम्पर्क समिति अमेरिकाको। नेपाली काँग्रेसले विदेशमा रहेका समर्थक, शुभचिन्तक र सदस्यहरुको लागि नेपाली जनसम्पर्क समिति पुनर्थापना गरेको हो। पार्टीको गुटले यसलाई चलाउँछ अनि यसका नेतृव पनि त्यसैगरी मादल बजाउँछन् वरिपरि मदारीका हामी बथान उसै उसै नाच्ने गर्छौं।

जनसम्पर्क समिति अमेरिका नन-प्रफिटमा दर्ता भएको संस्था हो। आदेश नेपाली काँग्रेसको मान्छ तर बैधानिक रुपमा यसरी जान मिल्दैन, यो कुरा मैले २०१३/२०१४ देखि सयौं पटक भन्दै लेख्दै आएको छु। हाल आएर धेरैले बोल्न थालेका छन्। त्यो पनि आफ्नो ताक नपरेर। तर त्यो कुरा न त जनसम्पर्क समितिले नेपाली काँग्रेसलाइ बुझाउन सकेको छ न पार्टीले नै त्यसलाई बुझेको छ। तर पनि आदेश दिने र लिने काम भने रोकिएको छैन। रोकिएको छ त केवल संस्था र अधिवेशन अनि गतिबिधि।

पछिल्लो पटक दर्ता भएको मान्यता अनुसार यो समिति २०१७ मा नै निष्कृय या अबधि समाप्त भयो। पार्टीसंगको संबन्धलाइ मान्दा पनि गत दुइ महिना पहिला जनसम्पर्क समिति अमेरिकाको म्याद समाप्त भयो। अहिले सम्म नेपाली काँग्रेसलले यसलाई नयाँ निर्णय गरेर केहि गरेको छैन। तर पनि पार्टीका नेता आउने र आशन ग्रहण गर्न भने रोकिएको छैन। मृत लाशको पिण्ड खाएको जस्तै समितिका पदीय व्यक्तिहरुले विरोघ, प्रतिरोध र समर्थन जे सुकै गरेपनि पदीय आशन ग्रहण खान भनी छोडेका छैनन्।

यसैबीच भर्खरै मनोनित भएका जनसम्पर्क बिभाग प्रमुख गोविन्द भट्टराईले गुटगत बैठक सुरु गरेका छन्। जुन २१, २०२० मा नर्थ अमेरिकामा पनि बैठक गरे। केहि बेरका लागि जुटने मौका मिलेको त्यो बैठकको पक्ष र विपक्ष गरेर दुइ खेमा देखियो। स्पष्ट रुपमा भन्नुपर्दा देउबा पक्ष र देउबा इतर पक्ष देखियो।

झगडाले टुक्रिएको देउबा इतिर पक्ष त्यो बैठक देखि एकत्रित हुन थालेका छन्। उनीहरु मिलिसकेको नभएता पनि नजिक हुन थालेको कुरा भने प्रष्ट रुपमा यो लेख्दै गरेको व्यक्तिसंग आएको छ। उनीहरु मिलेर जान्छन या के गर्छन त्यो भने हेर्न बाँकी छ। विपक्षमा रहेका शक्तिको भने चर्को मन्थन सुरु भएको छ। यसले गुटगत रुपमा ध्रुवीकरण ल्याएको छ। को को कता छन् त्यो भने केहि दिनपछि उजागर गरिने छ।

यसैबीच यो विगत १५ वर्ष देखि चलेको झगडामा रुमलिने, पदको लागि चरित्र हत्या गर्न सम्म पछि नहट्ने पदका लागि र मरिमेट्ने ब्यक्तिहरुबाट केहि पनि हुँदैन भन्ने तेश्रो धार पनि निस्केको छ। खासमा भन्ने हो भने यो गुट सुरु भएको नेपाली काँग्रेसलको गत १३ औं महाधिवेशन देखि नै हो। तर पनि गुटगत लाइकमाइण्डेड सुरु गर्न थालेको चाहिं २०१७ देखि हो। यो धारमा युवाहरु धेरै छन्, जोडिंदैछन्। उनीहरुको लिंक प्रत्यक्ष या परोक्ष रुपमा सिटौला-गगनसँग जोडिएको छ। गगन थापाले यसलाई निर्देशन दिएर सुरु गरेका भने होइन तर उनको समर्थनमा नेटवर्क सुरु भएको कुरा भने उनलाई थाहा छ।

आज यो पटक ती सबै अटाउन सकिएन तर आउने हप्ता देरुबा पक्ष, शाशांकपक्ष र सिटौला-गगन पक्षको डिटेल ल्याउने प्रयास गरिने छ।-कृष्णार्पण !