-गगनसिंह थापाको सातौ कृति मरुभूमिकी महारानी प्रकाशन हुँदै

गगनसिंह थापाको सातौ कृति मरुभूमिकी महारानी प्रकाशन हुँदै

Hollywood Khabar November 01,2020 Comments

आख्यानकार गगनसिंह थापाको सातौ कृति मरुभूमिकी महारानी यो हप्ता सार्बजनिक हुदैछ। साहित्यकार थापाका नाति सुहिम थापाले उक्त कृतिको कभर सार्वजनिक गर्दै यो जानकारी गराएका हुन। उनले अगाडि लेखेका छन मेरो हजुरबुबा मेरो, परिवार र समाजको आदर्श हो र मानवता के हो र के हुनु पर्छ भन्ने ज्वलन्त उदाहरण हो।शिक्षा, साहित्य, प्रजातान्त्रिक आन्दोलन, समाज बिकास र प्रकृति संरक्षणमा उहाँको योगदान अतुल्य रहेको छ।

उहाँ हाम्रो समाज, सभ्यता र संस्कृतिको ज्ञानको अदभुत खानी हो र प्रेरणादायी लेखक पनि। एउटा कलम र सादा कपि सङ्गै उहाँले आफ्ना पाठकहरुलाई मस्तिष्क र आत्माको यात्रामा हिडाउन सक्ने खुबी राख्नु हुन्छ।

मेरो देशको लागि मैले देखेको सपना बिषयको अन्तर्राष्ट्रिय बक्तृत्वकला प्रतियोगिता बाट मैले पाएको पुरस्कार रकम जुन मेरो जिवनको पहिलो आय हो, हजुरबुबाको यो कृति मरुभूमिकि महारानी प्रकाशनमा लगाउन पाएकोमा म सार्है नै खुशी छु। किनकी मेरो हजुरबुबा मेरो आदर्श हो र म उहाँको एक असल बिरासत बन्न चाहान्छु।

थापाको लघु उपन्यास स्वरुपको यो कृतिमा बाल्यकालमा अध्य्यनको क्रममा भारत राजस्थानमा रहदाका दुख र संघर्ष अनि बालसखा सङ्गको मनोबैज्ञानिक प्रेमिल आकर्षण र मरुभूमिको रोमान्चक बर्णनको कथा बस्तु बुनिएको छ।

बि.सं. २००५ भाद्रमा अछामको पाटेखेतमा जन्मनु भएका आख्यानकार थापाका सोह्र सौगात (२०३५ ), कर्णालीको छेउछाउ (२०७०), पू्र्खाको चिट्ठी ( २०७२), मेरो मधुशाला ( २०७४), उज्ज्वली (२०७६) र महाप्रलय (२०७७) गरि छ कृतिहरु प्रकाशित छन भने मरुभूमि कि महारानी र अस्ताञ्चलको ढोका बाट थप दुई कृतिहरु प्रकाशनको क्रममा छन।

मुलतःकर्णाली र सुदुर पश्चिम क्षेत्रको भाषा, सभ्यता र संस्कृति माथी कलम चलाउनु हुने कैलाली टिकापुरका थापा मोबरा साहित्यिक पुरस्कार (२०७३) र सुदुर पश्चिम साहित्य पुरस्कार ( २०७६ ) बाट समेत सम्मानित हुनुहुन्छ।