-सम्पदा संरक्षण अभियान

नयाँ वर्षसँगै सम्पदा संरक्षणमा जुटे गगन थापा 

Hollywood Khabar April 13,2019 Comments

२ बैशाख,काठमाडौँ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ४ का सांसद गगनकुमार थापा नयाँ वर्षसँगै सम्पदा संरक्षण अभियानमा जुटेका छन् ।गत वर्षभरि ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियान चलाएका थापाले आजदेखि नयाँ वर्ष २०७६ भरिका लागि ‘हाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ नाराका साथ सम्पदा संरक्षण अभियान शुरु गरेका हुन् ।

काठमाडौँ क्षेत्र नं ४ को सांसदको कार्यालयमार्फत् शुरु गरिएको अभियानअन्तर्गत पहिलो कार्यक्रम  १ गते ज्ञानेश्वर भैरवस्थान मन्दिरमा भैरवस्थान मन्दिरको सरसफाइ गरिएको कार्यालयका सचिव शङ्कर कुइँकेलले जानकारी दिए ।अभियानको शुरुआत गर्दै सांसद थापाले पुर्खाले बनाएको सम्पदाको संरक्षण र सम्बर्धन गर्नु अहिलेको पुस्ताको दायित्व भएको भन्दै देशले गौरव गर्ने र विश्वमा नेपाललाई चिनाउने माध्यम भएकाले पनि सम्पदाको संरक्षणमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नेता थापाले सम्पदाको संरक्षणमा ध्यान दिन विशेष गरेर युवा पुस्तालाई आग्रह गरेका छन्। सांसद थापाले यस वर्षलाई सम्पदा संरक्षण वर्षका रुपमा मनाउन लागिएकाले उक्त अभियानअन्तर्गत हरेक महीना कम्तीमा एउटा सम्पदा क्षेत्रमा सरसफाइ, छलफल र योजना निर्माण गरिने जानकारी दिए ।सांसद थापासँगै प्रदेशसभा सदस्यद्वय नरोत्तम वैद्य र राधा घले, स्थानीय जनप्रतिनिधि, वातावरण तथा संस्कृतिविद् तथा स्थानीयवासीले  सम्पदाको संरक्षणका बारेमा छलफल गरी सो योजना बनाएका छन् ।