-Rayan Suwedi

मानव सभ्यताको बिकास सँगै आएका सुविधासँगै जन्मिएका कठिनाइहरु

Hollywood Khabar March 16,2020 Comments

रायन सुवेदी/युरोप/३/१७/२०

मानव सभ्यताको बिकास सँगै बिज्ञानको बिकासले कुनैबेला अपार ठानियको विश्व अहिले एइटा गाउँ जस्तै भएको छ।आकासवाणी र हुलाकी समयको सुचना प्रबिधीमा महिनौ पछि पुग्ने समाचारहरू अहिले घटना क्रमसँगै संसारभरी फैलिने गर्दछ।

कोरोना जस्ता संक्रमणहरू हिजो पनि थिए आज पनि छन् र भोली पनि निस्कने नै छन्। समय र परिस्थित अनुसार अरू कुनै रुपधारण गरेर आउँछन्। सायद मानिसले गरेको प्राकृतिक बिनासको परिणाम होला। हिजो सुचनाको र यातायातको प्रवाह सुस्त थियो। त्यसैले यस्ता माहामारीहरू न द्रुत गतीमा फैलिन्थ्यो न त समाचारहरूले मानव जीवनमा यतिधेरै डर फैल्याउन सक्थ्यो।

सुचना पुग्नु सही हो, यसले मानिसलाई सजग रहन मद्दत गर्दछ। तर सुचनाको गलत प्रवाहले अनावश्यक त्रास र समस्याहरू पैदा गर्दछ। विश्व जनसङ्ख्या र कोरोनाको विनास तुलना गर्ने हो भने त्यस्तो भयावह त देखिन्न। तर जुन गतिमा यो संसारभरी फैलियको छ त्यो भने भयावह छ । मानवजाती सजग रहनै पर्दछ।

धेरै देशहरूमा एकै प्रकारको समस्याहरू देखिन थालेको बिभिन्न समाचार माध्यमहरूले बताएका छन्। अमेरीका र युरोपका बजारमा खाध्यन्नको समस्या रहेको समाचारहरू नेपाली समाचार माध्यामहरूमा पढ्न र सुन्न पइयो। कतै यो समस्या हाम्रो डरको कारण त हैन? आवस्यकता भन्दा बढी डरायर, आवश्यकता भन्दा बढी संचय गर्ने सोचमा कतै हामी आफैले त यो समस्या बढाउन मद्दत गरिरहेका छैनौ? कोरोनाको कहर ज्यादै भयावह छ। सचेत रहनु आवश्यक छ, मनमा डर हुनु पनि स्वभाविक छ तर गलत हल्लाहरू र अनाधिकृत सुचनाको प्रवाह गरेर संचार जगतको दुरूपयोग नगरेको नै राम्रो।

संबन्धित देशका अधिकारीहरूले लागू गरेका नियमहरू पालना गरौं।अत्यावश्यक काम बाहेक बाहिर ननिस्कौं, निस्किदा पनि सुरक्षाका उपायहरू अपनाउ। भलै हामीहरू मध्य धेरैसँग संवन्धित देशको नागरिकता होला। तर पनि मानव बिकास संगै आएको यो परिस्थितिलाइ हामीले सहज र आफूलाई जोगाएर जिउनु नै अहिलेको सबैभन्दा आवश्यक कुरा हो।

ईटालीको समाचार बाहिरीयसँगै अरू देशमा यो अवस्था नआउला भन्न सक्ने अवस्था छैन। यस्तो बेलामा नेपाली सँघ-सस्थाहरूले आफ्ना सम्पूर्ण सदस्यहरूको पछिल्लो अवस्थाको जानकारी राख्नु जरूरी छ। साथै संबन्धित देश स्थित नेपाली दुतावाससँग पनि नियमित संपर्कमा रहेर केही परेको खण्डमा के कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने कुराको तयारी गर्नु जरूरी देखिन्छ। त्यसैले साबधानी अपनाऔं, कोरोनाबाट जोगीयौं, नेपाली एकता कायम राखौं, फुटेर हैन जुटेर समस्यायँग जुधौँ।