-NRNA US चुनाव: अध्यक्षका उम्मेद्वार सुनिल साह

NRNA US चुनाव:माहोल एकदम राम्रो बन्दै गएको छ-अध्यक्षका उम्मेद्वार सुनिल साह

Hollywood Khabar May 06,2019 Comments

कृष्ण के सी/अमेरिका/५/७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा अध्यक्षका उम्मेद्वार सुनिल साहले आफ्नो सपोर्ट र माहोल दुवै रामो बन्दै गएको बताएका छन्।

पश्चिमको क्यालिफोर्नियाको भिजिट सकेर, डिसि मेट्रो हुँदै, न्यूयोर्क र आस पास घुमेर होम ताउन टेक्सस पुगेका साहले आफ्नो माहोल सबैतिर राम्रो भएको बताए। समुदाय, सदस्य र संघ-संस्था मात्र होइन उम्मेद्वारहरुले पनि सपोर्ट गर्नुभएको छ। मेरोमा कुनै लिमिटेशन छैन। सबैलाई सपोर्ट गर्न अनुरोध गरेको छु र गरेका पनि छन्।

हलिउडखबरसँग कुरा गर्दै साहले भने- म कराएर, हल्ला गरेर र तर्साएर जित्यो-हार्यो भनेर हिड्ने बानीको मान्छे होइन। सबैलाई अनुरोध गरको छु, लामो समय देखि यसैमा निरन्तर रुपमा लागेको छु, साथीहरु र नेपाली समुदायमा भ्याएसम्म गएको पनि छु। सबैको सल्लाह सुनेको र मानेको पनि छु। त्यसैले यो पटक आफू सफल भएको भान भएको छ, उनले भने।

सबै क्षेत्रमा समान रुपमा मतदाता रहेको दावी गर्ने साह यो निर्वाचनको नतिजा आफ्नो पक्षमा हुने कुरामा ढुक्क छन्।