१० चैत्र,काठमाडौं । फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन्।
हाल उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएको मन्त्री ढकालले जानकारी दिएका छन्।उनी फ्रान्सबाट चैत ४ गते नेपाल फर्किएको र होम क्वारेन्टाइनमा राखिएको अवस्थामा रुगाखोकी लागि परीक्षण गर्दा कोभिड–१९ भाइरस भोजिटिभ देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...