Krishna KC

ज्यानमारालाइ सभासद र चोरलाइ फाउण्डेशन अध्यक्ष बनाइने नेपाली राजनीति

Hollywood Khabar February 03,2019 Comments

कृष्ण के सी/अमेरिका २/४/१९

जुन देशमा ज्यानमारा नै कानुन बनाउने सभासद हुन्छन अनि त्यो देशको न्याय कस्तो होला ? त्यहि राजनैतिक संस्कार सिकेका हामीमा पनि अर्को एउटा चोरलाइ अध्यक्ष बनाउनु कुनै ठूलो कुरा भएन ।

नेपालको वर्तमान संबिधानलाइ टेकेर बनाइएको कानुनमा नेपालका बहालवाला सभासदले जानेर, नजानेर या नियत अनि योजना गरेर नै कसैको हत्या गरे भने पनि उनलाई सभासदमा नै राखिन्छ। तिनले कानुन मात्र बनाउंदैनन आदर्शका पाठ सिकाउंदै संसदको रोष्टमबाट संदेश पनि दिनेछन्। अनि त्यहि संविधानलाई नेपालको संबिधान सभाबाट ल्याएको उत्कृष्ट संबिधान भनिन्छ।

आज भर्खरै मात्र नेपालका कुनै चर्चित, सम्मानित नेता तथा पूर्व प्रधानमन्त्रीको नाममा स्थापना गरिएको भनिएको फाउण्डेशनको अमेरिकाको शाखाको अध्यक्ष र समितिको पुर्णता दिएको एउटा प्रेस बक्तब्य जस्तो खालको फेसबुक इनबक्समा सामाचार आएको थियो। त्यसलाई दुइ-पटक जुम इन र आउट गर्दै पढे । एकछिन आँखा चिम्लेर सोचे अनि फेरि मेरो फेसबुकवालमा त्यसैबारे एउटा संदेश पनि लेखे। त्यतिले मात्र मेरो लोभी मन भरिएन । थोर बहुत कुराबारे आर्टिकल नै लेख्न मन लाग्यो।

मैले नेपाली जनसम्पर्क समिति अमेरिका र नेपाली कांग्रेसको बिषयलाई लिएर २/३ बर्ष पहिला एउटा आर्टिकल लेखेको थिएँ। त्यसलाई मेरो साथीको अनलाइनमा मेरो आफ्नै नाममा पोष्ट भएको आर्टिकल हु-बहु कपि गरेर आफ्नो नाम हालेर पठाउने अनि शेयर गर्ने व्यक्ति नै पो त्यो फाउण्डेशनका अध्यक्ष भएका रहेछन।

हो, यो मान्दछु कि हामी सबैमा राम्रा, नराम्रा पक्ष र घटी-कमी र कमजोरीहरु छन् । नजानेर या अज्ञानवस कुनै गल्ति हुनु सामान्य हो। तर जानेर पनि पेल्नु भनेको चाहिं डाका मार्नु नै हो। तिनै बनाइएका अध्यक्षले मेरो आर्टिकललाइ चोरेर आफ्नो नाममा पठाए। मलाइ जम्मा एक पटक घाटा भयो तर मैले उनलाई जीवनभरी नै चोर भन्न्ने भएँ त्यो आरोप लगाउने मौका मैले होइन उनैले दिएका हुन् ।

मेरो लेखन उत्कृष्ट थियो भन्ने कुरा पटक्कै होइन । तर राम्रो नराम्रो जे सुकै भएता पनि लेखन मेरो हो, मेरो सृजना र सम्पति हो। अमेरिकामा त्यसलाई बौद्धिक सम्पति भनेर ब्याख्या गरिएको छ। लौ; उनले एक पटक चोरे रे, फोन गरेर मैले उनलाई भन्दा पनि आनाकानी गर्दै थिए। उनले माफी समेत मागेनन, उल्टै नुवाकोट र नेपालको पूर्वी भेगतिरको पिन्ट मिडियामा नै छापेर उल्टो दम्भ प्रदर्शन गर्दै पठाए।

आज तिनै आर्टिकल चोरलाइ नेपालका सम्मानित र चर्चित नेता तथा पूर्व प्रधानमन्त्रीको नाममा स्थापना भएको फाउण्डेशनको अमेरिकाको अध्यक्ष बनाइएछ। अनि उनको कार्यसमितिको पुर्णताको रिलिज मसँग नै आइपुगेछ। यो त एउटा सानो उदाहरण हो। तर पनि सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ भन्ने नेपाली उखानको चरितार्थ नहोस। अन्यथा तेती सम्मानित पूर्व प्रधानमन्त्रीको नाममा स्थापना भएको फाउण्डेशनको बदनामी भयो भने इज्जत उनको पार्टीको मात्र जाँदैन सिंगो नेपाल र नेपालीको जान्छ।