-Former Secretary of Defense James Mattis

राष्ट्रपति ट्रम्पले एकतामा होइन बिभजनमा खेल खेले पूर्व रक्षा रचिव Mattis को आरोप

Hollywood Khabar June 02,2020 Comments

हलिउडखबर/अमेरिका

अमेरिकी पूर्व रक्षा सचिव (Former Secretary of Defense) James Mattis ले बुधबार अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिकीहरुलाई एकता भन्दा विभाजनमा जोड दिएको आरोप लगाएका छन्।

पूर्व रक्षा सचिव तथा रिटायर्ड आर्मी जेनेरलले राष्ट्रपति ट्रम्पले अमेरिकीहरुलाई एकतामा ल्याउने होइन जहिले पनि बिभाजनमा लैजाने मात्र काम गरेको आरोप लगाएका छन्। जुन ३, २०२० मा उनेल CNN सँग दिएको सो अभिव्यक्ति अहिले अत्यन्तै चर्चामा पुगेको छ।

Mattis ले आँसु झर्दै भने, आफ्नो ५० बर्ष पहिला देखिको फौजी र अन्य अनुभावका आधारमा राष्ट्रपति ट्रम्प नै पहिलो राष्ट्रपति हुन् जसले कहिल्यै पनि अमेरिकीहरुलाई एकतामा ल्याउन प्रयास गरेनन। उनले जहिले पनि विभाजन गर फ़ुटाउनमा नै आफ्नो सबै समय खर्च गरे। हाल भएको जर्ज फ्लोयडको हत्या संगै बढेको प्रदर्शनका बारेमा राष्ट्रपति ट्रम्पले चालेको कदमप्रति उनले यस्तो कुरा बताएका हुन्।

Mattis ले राष्ट्रपति ट्रम्पको तीन बर्षको कार्यकाल परिपक्व नेताको रुपमा कहिल्यै पनि देखिएन। उनि जहिले पनि बिभाजनमा समय बिताए। अब उनि बिनाको अमेरिकाले मात्र अमेरिकीहरुलाई एकतामा ल्याउन सक्छ।