Pushpa Thapa

वैदेशिक रोजगार श्रमिकहरु बिमानस्थलमा लुट्दा एनआरएनए नेतृत्व किन मौन?

Hollywood Khabar February 12,2019 Comments

पुष्प थापा/जर्मनी

वैदेशिक रोजगारमा गएको नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले घर खर्चको लागी ल्याएको समानहरु सरकारले विमानस्थलमा जफत गर्नु निन्दनीय र ठुलो खेद तथा कायरपुर्ण छ। यस निन्दनीय कार्यको घोर बिरोध र भर्त्साना गर्दछु।

वैदेशिक रोजगारमा गएको नेपाली युवाहरु आफ्नो जायजेथा बिक्री गरि, आफू जन्मेको जन्मभुमिलाई छाडेर, परिवारको माया प्रेमलाई छुटाएर, ईस्ट्मित्र साथी भाइहरुलाई छाडेर अमिलो मनमा आसुको धारा चुहाउदै शुखी नया जिवनको सपना बोकेर बिदेशिने गर्दछौ।

आफुले हरेक दिन ४५, ५० डिग्री तापमानको तातोमा मृद अबस्थाले आर्जन गरेको कमाई घर परिवारको खर्चको लागी पठाउन अनिवार्य हुन्छ। बिदेशिदा लागेको ऋणलाई समयमै चुकाउनु पनि अनिवार्य पर्दछ।

वैदेशिक रोजगार श्रमिकहरुले भित्र्याएको रेमिटेन्सबाट यो देशको अर्थतन्त्र चलेको छ। राज्य सत्ता चलाउने हरुलाई बिलासी सेवा सुबिधा उपलब्ध भएको छ। वैदेशिक रोजगारका युवाहरुको रगत र पसिनाको कमाईले मुलुकको अर्थतन्त्रलाई जिवित राख्न लाखौं युवाहरूको जवानी बिदेशी भुमिको श्रम बजारमा लुटिन्छ। तर पनि समृद्ध नेपाल र शुखी नेपालीको नारा नेपाल भित्र गुन्जिन्छ।

मुलुकको अर्थतन्त्रको मुख्य हिस्सेदार वैदेशिक रोजगार श्रमिकहरु नै हौ भन्नुमा हामिलाई गर्व लाग्छ। वैदेशिक रोजगार श्रमिकहरु वर्ष भरी दैनिक रगत पसिनासित बेचिएको श्रम हाम्रो हरेक क्षणको दु:ख कष्टकर पिडा र एक्लोपनलाई बिसाउन दुई बर्षको एक पटक स्वदेश आउने गर्दछौ।

एक महिनाको घरबिदामा घर परिवारसित खुसी र दुख सुख साट्न नेपाल आउने गर्दछौ।बा आमाको आशिर्वाद,श्रीमतीको माया प्रेम र साना छोराछोरीको स्नेह:र साथीभाइ ईस्टमित्रको सम्झनाले फेरी अर्को वर्षको लागि साहस हिम्मतसहितको दह्रो मनोवल लिएर फर्केने अपेक्षामा आएका हुन्छौ।

मनमा गदगद खुसी लिएर स्वदेश प्रबेशको द्वार विमान स्थल मै लुटिदा यो आत्म रुन्छ, मनले धिकार्छ। मन भित्रका खुसीका सबै सपनाहरु चकनाचुर हुन्छन। राज्यले नै लुट्दा पुर्पुरोमा हात राखेर रुने बिहाल गर्ने सिवाय भगवानको नाम लिने भन्दा अरु कुनै बिकल्प छैन।

बाआमाको लागि ल्याएको समान, माया प्रेम सहित श्रीमती लागि मायाको चिनो,साना नानिहरुको स्नेह:लागि लागी ल्याएको सामान, हजुरबाआमाको लागि ल्याएको न्यानो कपडा र साथिभाई इष्ट मित्रसित खुसी बाढदै पिउन ल्याएको एक बोतल रक्सी पनि विमान स्थलमा सरकारले लुटपाट गर्न थाले पछि हामी वैदेशिक रोजगारमा जाने श्रमिकहरु धेरै ठुलो अन्याय र मर्कामा परेका छौ।

करोडौंको समान लुटिसकेको छ। वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुबाट लुटेको समान सरकार अझै धेरै कुरुर बन्दै लिलाम गर्दै छ। सरकारलाई लाज लाग्दैन अझै पनि निरन्तर वैदेशिक रोजगारबाट आउने श्रमिकहरुलाई दैनिक लुट्दै नाङैझार बनाउदै छ।

यस्तो ठुलो बर्बर अत्याचार र अन्याय हुँदा पनि वैदेशिक रोजगारका श्रमिकहरुको दुख कष्ट सरकारले देखेन र सुनेन पनि। मुलुकमा जनताको सार्वमभौम संसदको सदन पनि छ। जनप्रतिनिधिहरु देशको नीति नियम देखि देश र जनताका समसामयिक बिषयहरुमा छलफल गर्ने गर्दछ तर वैदेशिक रोजगारमा गएका श्रमिकहरु बिमान स्थलमा लुटिदा पनि सदनमा अझै सम्म यस बिषयले प्रवेस नपाएको देख्दा आश्चर्य लाग्दछ। सरकार कुनै समाधान बाटो खोज्ने उपाय तिर पनि लागेको देखिदैन।

बिदेश रहने नेपालीहरुको हक अधिकारको रक्षार्थ २००३मा खोलिएको गैर आवासीय नेपाली संघ(एनआरएनए) पनि यस बिषयमा अहिले सम्म मौन नै देखिएको छ। गैर आवासीय नेपाली संघ(एनआरएनए) नेताहरु अरु काममा ब्यस्थता भएका तस्बिरहरु समाजिक संजालमा रङाएका देखिन्छन। बिश्वको ८० मुलुकहरु र सार्क देश समेत जोड्ने हो भने नेपालको करिव एक तिहाइ जनसंख्याको प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारमा गएका श्रमिकले विमान स्थलमा भोगेका दुख कष्टको समस्या संघ को प्राथमिकतामा नपरेको जस्तो अनुभुती हुन लागेकोछ।

वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई बिमानस्थलमा गरिएको अभद्र ब्यबहार र उनले घर खर्चको लागी ल्याएको झिटी गुण्टा सरकारले बिमानस्थल मै लुट्नु यति ठुलो अन्याय बिरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए) अझै सम्म मौन भएर बस्नु संघको नैतिक जिम्मेवारी हुदैन।

पछिल्लो समयमा गैरआवासीय नेपाली संघ, गैरआवासीय नेपालीहरुका हक अधिकारको संरक्षण र सम्बर्द्धन भन्दा पनि राज्यसत्तासंग नजिक रहने र ब्यक्तिगत स्वार्थ कसरी पुरा गर्न सकिन्छ भन्ने मानसिकताको बिकास भएको देखिन्छ। वैदेशिक रोजगारमा श्रमिकहरुको सहानुभूति र सरकारले गरेको अन्यायको बिरुद्धमा संघले आज सम्म अधिकारिक धारणा सहितको एउटा बिज्ञप्ति सम्म पनि जारी गर्नु नसक्नु गैर आवासीय नेपालीहरुले संघ प्रतीको बिस्वस्नियता गुमाउदै गएको देखिन्छ। यस्तो अबस्थाको सृजना हुनु संघ र गैर आवासीय नेपालीहरुको लागी दुर्भाग्यपूर्ण हो।

***(थापा एनआरएनए ग्लोबलका पूर्व सल्लाहकार पनि हुन)