अब फोर्डको स्वचालित पोलिस कारले टिकेट पनि दिन्छ

Hollywood Khabar February 01,2018 Comments

कृष्ण के सी/अमेरिका
फोर्ड कम्पनीले लामो समय देखि धेरै सिटी पोलिस डिपार्टमेन्टहरुको लागि कार बनाउँदै आएको छ। पछिल्लो समयमा आएर फ़ोर्ड्ले स्वचालित पोलिस कारको डिजाइन सार्वजनिक गरेको छ। यो पोलिस कारले अरु धेरै काम गर्नुका साथै ड्राइभरलाइ टिकेट पनि दिन सक्छ।
यदि यो स्वचालित गाडी फोर्डले बनायो भने ऐलेको जस्तो पोलिस गाडीबाट आएर टिकेट दिनु पर्दैन। स्वचालित पोलिस कार (Autonomous Cop Car) ले वायरलेसबाट ड्राइभरको गाडीमा रेडियो संचार गरेर टिकेट दिनसक्नेछ। तर यसो गर्न भनिए जस्तो सजिलो भने नहुने कुरा यसका आलोचकहरुले बताएका छन। एक पटक पोलिस कारले नियम उल्लङ्घन गर्ने ड्राइभरलाइ पहिचान गरेपछि त्यो गाडीलाई पुलगर्छ, लाइसेन्स प्लेटको फ़ोटो खिच्छ, ड्राइभर आइडिबाट ड्राइभरको फोटोको स्क्यान गर्छ र गाडिमा ड्राइभर भए-नभएरको पहिचान समेत गर्छ।
यति मात्र होइन ड्राइभरलाइ वार्निंग मात्र दिने कि टिकेट पनि दिने भनेर निर्णय समेत गर्न सक्छ। ड्राइभरको भायोलेशन रेकर्ड रिभ्यू गर्छ, बिगतमा कुनै खराब रेकर्ड नहुनेलाइ क्लिन या वार्निंग दिएर छोड्छ। होइन भने नियमानुसार पेनाल्टि टिकेट समेत दिन्छ। सबैभन्दा इण्ट्रेस्टिङ् कुरा त यो कारले सबैभन्दा धेरै स्पिड भायोलेशन हुने ठाउँको पहिचान गरेर अत्यन्तै राम्रोसंग लुकेर बस्न सक्छ।