‘कोपा तोरेरस’ फुटबल खेल्ननेपालका यू १२ का खेलाडी जापान जाँदै

Hollywood Khabar January 30,2017 Comments

नेपालका पूर्व राष्ट्रिय खेलाडी एवम पोखरा निवासी बसन्त गौचनले नेपालका यू १२ का खेलाडीलाई फुटबल खेल्न जापान लैजाने हुनुभएको छ ।गौचनले नेपालको फुटबल विकासका लागि भन्दै गत वर्ष बाट खेलाडीलाई जापान लैजान थाल्नुभएको हो।जापानमा हरेक वर्ष संचालन ‘कोपा तोरेरस’ फुटबल प्रतियोगिताका लागि १२ जना खेलाडीहरु मार्चको अन्तिम साता जापान जाने भएका हुन । 
दुई वर्ष देखी प्रशिक्षकको भुमिका निर्वाह गर्दै आउनुभएका गौचन कार्यरत जापानी प्रतिष्ठित संस्था फन रुट्स एकेडेमीले प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । गत वर्ष खेलाडी जापान लैजाँदा २५ लाख खर्च लागेको थियो। यसबर्ष १२ जना खेलाडीलाई लाग्ने हवाइ यातायात, बस्ने खाने खर्च नेपाली संस्था र व्यक्तीहरु संग मिलेर च्यारिटी मार्फत रकम संकलन गरेको र नपुग्ने रकम आफैले बेहोर्ने गौचनले  बताउनुभयो । प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागिता गराउन एनआएन जापान, तिलक मल्ल, शरद गौचन, प्रकाश तुलाचन लगाएतले सहयोग गरेको बसन्त गौचनले जानकारी दिनुभयो  । 
प्रतियोगितामा ३२ भन्दा वढी देशका टिमको सहभागिता रहने छ । नेपालका तर्फबाट  प्रतिायेगितामा सहभागी  १२ जना १२ वर्ष मुनिका खेलाडी समेत छनौट भइसकेका छन । जापान जाने खेलाडीमा पुर्व राष्ट्रिय खेलाडी राजेन्द्र तामाङ्गले संचालन गरेको आर.टी ट्रेनिङ्ग सेन्टरका ९ जना छन भने रुपन्देही एकेडेमी बाट दुइ र नेशनल स्र्पोट्स सेन्टर काठमाडौं बाट एक जना रहेका छन । छनौटमा परेका हरुमा कृतन थापा (गोल किपर), संगम गुरुङ्ग (गोल किपर), संगम गैरे (डिफेन्स), कालिदास विक ( डिफेन्स), निखिल कार्की (डिफेन्स), प्रसान्त सुनार (डिफेन्स), बिक्रम गौतम,निराजन खत्री ,देव गुरुङ्ग, निश्चल जिशी र निश्चय उप्रेतीरहेका छन । गौचनले पोखरामा विभिन्न ट्रेनिङ्ग सेन्टरमा प्रशिक्षणमा रहेका यू१२ का करिव १ सय २८ जना खेलाडीलाई फुटबल बुट लगाएत अन्य खेल सामग्री समेत प्रदान गर्नुभयो  ।