-पत्रकारिता पेशागत टिप्पणी-नेपाल पत्रकार महासंघ युकेको ध्यानाकर्षण

पत्रकारिता पेशागत टिप्पणी-नेपाल पत्रकार महासंघ युकेको ध्यानाकर्षण

Hollywood Khabar November 07,2019 Comments

पत्रकारिता पेशागत टिप्पणी-नेपाल पत्रकार महासंघ युकेको ध्यानाकर्षण

सामाजिक सञ्जाल फेसबुकमा रामशरण सिंखडा, इन्द्र घोताने र रञ्जिता सेनका नाममा प्रकाशित व्यतिगत विचार, स्टाटस लगाएत अमर्यादित भाषा, टिका र टिप्पणीले हामीलाई दुःखी बनाएको छ ।

सबै संघ-संस्था र व्यक्तिसंग वार्ताको माध्यमबाट नै सम्पूर्ण असमझदारीहरू व्यवस्थित गर्ने माध्यम रहँदा रहँदै पनि अस्वस्थ र उत्तेजित ढङ्गबाट सञ्जालमा छताछुल्ल हुनु आफैमा दुर्भाग्यपूर्ण हो र अब उप्रान्त यसरि प्रस्तुत नहुन सम्बन्धित पक्षलाई नेपाल पत्रकार महासंघ, बेलायत सचेत गराउन चाहन्छ।

नेपाल पत्रकार महासंघ, बेलायत सबै विचार, समूह, वर्ग, भाषा, धर्म, जाति र अन्यलाई सम्मान गर्दै सम व्यवहारमा नेपाल र विश्वभरि नै स्वस्थ र जानकारीमूलक सूचना प्रवाह गर्ने स्वतन्त्र पत्रकारहरुको साझा संस्था हो। यसैमा विश्वास राख्दछ । तर, पनि समय समयमा यस संस्थासंग आवद्ध पत्रकार मित्र र पदाधिकारीहरु माथि हुने विभेद , अन्यायपूर्ण र असामाजिक व्यवहारको नेपाल पत्रकार महासंघ बेलायत खेद प्रकट गर्दछ।

चित्त नबुझेका कुरा र व्यवहारलाई आपसी समझदारी वा कानुनी तवरबाट समाधान गर्ने प्रशस्त मार्ग हुँदा हुँदै पनि सामाजिक सञ्जालमा तल्लो स्तरको भाषा प्रयोग गरि गाली गलौज र पेशा प्रति नै अमर्यादित व्यवहार गर्ने जो कोहीको पनि नेपाल पत्रकार महासंघ बेलायत निन्दा गर्दछ।

पेशा र श्रमको अर्थ, मर्यादा र महत्वलाई आफ्नो खुशी र स्वार्थमा व्याख्या गरी सामाजिक सञ्जाल , सभा कतै पनि असभ्य, अराजक नबनी दिन नेपाल पत्रकार महासंघ बेलायत अनुरोध गर्दछ। पत्रकार र पत्रकारिताको सम्पूर्ण समस्या निराकरण गर्ने आधिकारीक र कानुनी संस्था रहेको सर्व विदित छ।

यसका अलावा पनि पत्रकार साथीहरूको सुरक्षा, सम्मान र मर्यादालाई कायम राख्न नेपाल पत्रकार महासंघ बेलायत सक्षम र कटिवद्द रहेको र आवस्यक परे जस्तो सुकै कठोर कदम चाल्न पनि पछि नहटने अवगत गराईन्छ ।

संजयभक्त कंडेल

महासचिव नेपाल पत्रकार महासंघ , बेलायत

८ नोभेम्बर , २०१९