-नेपाल पत्रकार महासंघ

रेडियो कर्णालीका पत्रकार पक्राउप्रति नेपाल पत्रकार महासंघको ध्यानाकषर्ण 

Hollywood Khabar March 20,2019 Comments

७ फागुन,काठमाडौं।कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले स्टुडियोमै प्रवेश गरी पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ।महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य भएको उल्लेख छ।पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको महासंघ भत्र्सना गर्दछ र, पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ भनिएको छ।