-नेपाल पत्रकार महासंघ बेल्जियम शाखा

नेपाल पत्रकार महासंघ बेल्जियमको प्रथम अधिवेशन, महामहिम राजभण्डारी प्रमुख अतिथि

Hollywood Khabar March 04,2021 Comments

हलिउडखबर, बेल्जियम, मार्च ४, २०२१

नेपाल पत्रकार महासंघ (एफएनजे) बेल्जियम शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ। मार्च ३, २०२१ बुधबार जुमहलमा आयोजित अधिवेशन केहि प्रतिवेदनहरुको छलफल र पारितसँगै सम्पन्न भएको छ।

युरोपियन युनियनका लागि नेपाली महामहिम राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा महामहिम भण्डारीले विदेशमा नेपाली पत्रकारिताको प्रसंसा गर्नुभयो।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले प्रवासमा रहेर नेपाल पत्रकार महासंघलाइ जीवन्त बनाउन खेलेको भूमिकाको प्रसंसा गर्नुभयो। साथौ उहाँले महासंघको विधि, विधान, प्रक्रिया र परम्परा अनुसार चल्न आग्रह समेत गर्नुभयो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि भगीरथ योगी, नेपाल पत्रकार महासंघ युरोपका कार्यवाहक अध्यक्ष डिल्ली अम्माइ, प्रेस युनियन युरोपका संयोजक संजय कँडेलले आ-आफ्नो धारणा राख्नु भएको थियो।

त्यसैगरी गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष लोक दाहाल, गैरआवासीय नेपाली संघ युरोपका क्षेत्रका क्षेत्रका संयोजक नारायण आचार्य, अन्तराष्ट्रिय परिषद सदस्य सुवाश जोशी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमका अध्यक्ष चित्र तिमल्सिना, नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटा, प्रवासी नेपाली एकता मञ्चका सचिव रमेश कँडेल, नेपाली जनप्रगतिशील मन्च बेल्जियमका अध्यक्ष मेख गुरुङ, नेपाल पत्रकार महासंघका विभिन्न वैदेशिक शाखाका अध्यक्षहरूले पनि अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सभापतिको आसनबाट नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले बैदेशिक दुनियाँका पत्रकारहरू समान उद्देश्य पूरा गर्न प्रतिबद्ध भएर लाग्नु पर्ने कुरामा दिनुभयो। अधिवेशनले कर्णाली क्षेत्रका विभिन्न स्थानका बारेमा समाचार सम्प्रेषण गर्ने कलेन्द्र सेजुवाललाई १५ हजार धनराशीको पत्रकारिता पुरस्कार प्रदान गरेको छ।