-नेपाल पत्रकार महासंघ

पत्रकारको मागलाई वेवास्ता गरेपछि महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा 

Hollywood Khabar May 18,2019 Comments

५ वैशाख,काठमाडौं।मिडिया काउन्सिल विधेयक प्रावधानको बिरुद्द नेपाल पत्रकार महासंघले गरेको पहिलो चरणको आन्दोलनलाई सरकारले वेवास्ता गरेपछि महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।पत्रकार महासंघले पहिलो चरणमा गरेको आन्दोलन लाई  सरकारले वेवास्ता गरेपछि आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो।महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दिन विरोध प्रदर्शन गर्ने निर्णय सहित जेठ ६ गतेदेखि  जेठ २५ गतेसम्म  दोस्रो चरणको आन्दोलनको  कार्यक्रम सार्वजनिक गरेको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कार्यक्रम अन्तर्गत जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने महासंघको कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए।

त्यस्तैगरि जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी एवं अधीकारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम गर्ने महासंघले जनाएको छ ।तेस्तै जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने, काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको पनि महासचिव विष्टले जानकारी दिए ।