-फ्लोयडको मृत्यूका नाममा प्रदर्शन भन्दा आगजनी, लुट धेरै, आतंकवादको संज्ञा

फ्लोयडको मृत्यूका नाममा प्रदर्शन भन्दा आगजनी, लुट धेरै, आतंकवादको संज्ञा

Hollywood Khabar May 30,2020 Comments

हलिउडखबर/अमेरिका/५/३१/२०

स्टेट अफ मिनियापोलिस प्रहरीले जर्ज फलोयड नामका व्यक्तिलाइ नियन्त्रणमा लिएपछि घुँडाले घाँटी अठ्याउँदा व्यक्तिको मृत्यू भएको थियो। सोही कुरालाई लिएर देशैभरि प्रदर्शन भएका छन्।

सान फ्रान्सिस्को, लस एन्जलस, सान होजे मिनियापोलिस लगात थुप्रै शहरमा साँझ ८ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यू जारि गरिएको छ। एक हप्ता देखि चलेको प्रदर्शनले उग्र रुप लिएको छ।

स्टेट अफ मिनियापोलिसले यसलाई आन्तरिक आतंकवाद भनेको छ। त्यसैगरी स्टेट अफ क्यालिफोर्नियाका धेरै शहरले यसलाई अन लफुल एसेम्बली भनेका छन्। अन लफुल एसेम्बली भनेको दुइ या त्यो भन्दा धेरे व्यक्तिहरुले कुनै पनि सुरक्षाका व्यक्ति माथि आक्रमण गर्नु, प्रहार प्रहार गर्नु, तोडफोड लगायत गर्नुलाइ अन लाफुल एसेम्बली बनेको छ।

हालसम्म १५ राज्यका ४० भन्दा धेरै शहरमा प्रदर्शन भएका छन्। वासिङटन डिसी लगायतका क्षेत्रमा पनि प्रदर्शन भएका छन्। व्हाइटहाउस नजिक एक ब्लक मात्र टाढा भएको प्रदर्शनले राष्ट्रपति ट्रम्पलाइ पनि झस्काएको कुरा सिएनएनले जनाएको छ। राष्ट्रपति ट्रम्पले ट्विट गर्दै यसलाई सामान्य नरहेको प्रतिक्रिया दिएका छन्।