-फ्लोयडको मृत्यूका नाममा भएको प्रदर्शन तोडफोड र लुटमा परिणत

फ्लोयडको मृत्यूका नाममा भएको प्रदर्शन तोडफोड र लुटमा परिणत

Hollywood Khabar May 30,2020 Comments

हलिउडखबर/अमेरिका/५/३१/२०

स्टेट अफ मिनियापोलिस प्रहरीले जर्ज फ़्लोयड नामका व्यक्तिलाइ नियन्त्रणमा लिएपछि घुँडाले घुंडाले घाँटी अठ्याउँदा व्यक्तिको मृत्यू भएको थियो।

गत हप्ता शुक्रबार भएको सोहि मृत्यूलाइ लिएर स्टेटले संलग्न अन्य ३ पहरी अधिकारी सहित प्रहरी अधिकृत डेरिक शाभिनलाई पनि बर्खास्त गरेको छ। बर्खास्त पछि शाभिनलाईलाइ थर्ड डिग्री मर्डर र म्यानश्लटरको चार्ज सहित गिरफ्तार गरेको छ।

सोहि घटनालाई लिएर अमेरिकाका ४ दर्जन भन्दा धेरै शहरमा प्रदर्शन भएका छन्। भएका सबैजसो प्रदर्शनमा तोडफोड, आगजनी, लुट भएका छन्। घटनामा थुप्रैलाइ गोली लागेको छ, दर्जनौलाइ गिरफ्तार गरिएको छ। केहिको मृत्यू समेत भएको छ।

प्रदर्शनकरीहरुले ओअक्ल्याण्ड शहरमा एक सरकारी बिल्डिंङमा डियूटीमा रहेका गार्डलाइ गोलि हानी मारेका छन्। धुप्रै शहरमा कर्फू आदेश छ भने स्टेस अफ मिनियापोलिसमा ४ हजार भन्दा धेरे नेशनल गार्ड परिचालन गरिएको छ।

केहि प्रदर्शनकरीहरुले प्रोटेश सुरक्षित र शान्त हुनुपर्ने, जसले लुट र तोडफोड गरेका छन् त्यो प्रोटेष्ट होइन भनेको भिडियो टेलिभिजनले देखाएका छन्। क्यालिफोर्निया राज्यले पनि लस एन्जलस शहरमा नेशनल गार्ड परिचालन गर्ने भएको छ।