-अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा अर्जुन कार्कीको फेसबुकबाट स्क्रिनसट गरिएको

अमेरिकाबाट ४ फ्लाइट नेपाल जाने, सबै फ्लाइट पूर्वक्षेत्रबाट मात्र भएको गुनासो

Hollywood Khabar June 14,2020 Comments

कृष्ण के सी/जुन १५, २०२०

नेपाली राजदूतावास वासिङटन डिसी, अमेरिकाले नेपाल जानै पर्ने नेपालीहरुको लागि चार्टर फलाइटको तयारीका लागि सूचना जारी गरेको छ। राजदूताबासबाट नेपाल संवत असार १, २०७७ मा जारी सूचना अनुसार, न्यूयोर्कबाट टर्किस एयर लाइन्सबबाट जुन २३ मा, सिकागोबाट जुन २५ मा टर्किस एयर लाइन्सबाट, वाशिङटन डिसीबाट कतार एयरबाट जुन २३ मा र डालस टेक्ससबाट कतार एयरबाट नै जुन २५ मा फ्लाइट हुने बताइएको छ।

तुलनात्मक रुपमा हेर्दा कोभिड १९ को लागि अमेरिकीबाट बाहिर जाने अन्य फ्लाइटको भाडा दर भने त्यति महँगो होइन। तोकिएको भाडा, टर्किस एयरको लागि १५३७ अमेरिकी डलर र कतार एयरको लागि १६०० अमेरिकी डलर भनिएको छ। उडान गर्ने नागरिकहरुले नेपाल सरकारले तोकेको केहि मापदण्ड पुरा गरेको हुनुपर्छ।

तर सबै फ्लाइट अमेरिकाको पूर्व क्षेत्र र मध्य क्षेत्रकाबाट मात्र छन्। वासिङटन डिसी र न्यूयोर्कको ३ घण्टाको ड्राइभिङ डिस्ट्यान्सबाट दुइ फरक-फरक फ्लाइट छन्। सिकागो कुनै पनि हिसावले सबैलाई पायक पर्दैन त्यहाँबाट एक फ्लाइट छ। तर क्यानडाको भ्यान्कुवर देखि अमेरिकाका आधा दर्जन भन्दा धेरै जति राज्यहरुको पायक पर्ने पश्चिम क्षेत्रको लस एन्जलस या सान फ्रान्सिस्कोबाट एक फ्लाइट पनि परेको छैन। यसप्रति धेरै जनाको गुनासो बढेको छ।

यस संबन्धमा नेपाल सरकारका महावाणिज्यदूत (स्याण्डियागो, क्यालिफोर्निया) ऋषि ढकालसँग सम्पर्क गर्दा उहाँले, आफूहरुले प्रयास गरेको तर नेपाल सरकारको निर्देशन भन्दा बाहिर गरिए केहि गर्न सकिन्न तर पनि पश्चिम क्षेत्रका नागरिकहरुलाई अप्ठेरो परेको कुराप्रति आफू दुखी भएको बताउनुभयो।

छुटेका र छुटाइएका पश्चिम तर्फ पायक पर्ने राज्यहरुमा क्यालिफोर्निया, वासिंङ्गटन, कोलोराडो, एरिजोना, ओरेगन, यूटा, नेभाडा, मन्टाना, हवाई अलास्का, आइडाहो लगायत पर्दछन्।

फ्लाइटको सूचनाले पश्चिम क्षेत्रका नेपालीहरु अन्योलमा छन्। एक त कतिपयको रिटर्न फ्लाइट छ, त्यसले काम नगर्ने भयो। दोश्रो कुरा भनिएको एयरपोर्टमा पुग्न डोमेस्टिक टिकेट ८/१० दिन भित्रमा किन्दा महँगोपर्छ। तेश्रो कुन स्टेटकाले कुन फ्लाइटको टिकेट काट्ने त्यो उल्लेख गरिएको छैन। अब कुन स्टेटको लागि टिकेट बुक गर्ने त्यो भने अन्योलमा छ। कसैले डालसको फ्लाइटको टिकेट किन्ला अनि त्यहाँ पुग्दा फ्लाइट नहोला अनि के हुन्छ?

तर पनि पश्चिम क्षेत्रका आम नागरिकहरुको दोश्रो सहजताको लागि उपलब्ध फ्लाइट मध्य पायक पर्नेमा डालस देखिन्छ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहुन र नेपाली राजदूताबसमा सम्पर्क गर्नुहुन अनरोध: