-Adapting first aid practices to the Pandemic

विश्व प्राथमिक उपचार दिवस नेपालमा पनि

Hollywood Khabar September 11,2020 Comments

प्रेस विज्ञप्ती

प्रकाशन मिति : २०७७ भाद्र २७

काठमाडौं ।

 

महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास Adapting first aid practices to the Pandemic भन्ने मूल नाराका साथ विश्व प्राथमिक उपचार दिवस आज २०७७ भाद्र २७ गते शनिवार (तदनुसार १२ सेप्टेम्वर, २०२०) का दिन मनाइँदै छ।

 

प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिबृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबारका दिनलाई विश्व प्राथमिक उपचार दिवसका रूपमा संसारभर मनाउँदै आइएको हो ।

 

यस सन्दर्भमा जीवन बचाउन, विरामी वा घाइतेको अवस्था सुधार गर्न र चिकित्सा सेवाको पहुँच नहुने अवस्थासम्म प्रारम्भिक स्याहार गर्न प्राथमिक उपचारक स्वयंसेवकहरूले पु¥याउनु भएको सेवा कार्यको प्रशंसा गर्दछौँ र सम्पूर्ण प्राथमिक उपचारकहरूमा शुभकामना व्यक्त गर्दछौँ ।

 

यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को कारण विगत वर्षहरूमा झै आम उपस्थिति र सहभागितामा कार्यक्रम आयोजना गर्ने अवस्था नरहेको हँुदा विशेष सुरक्षा सावधानी अपनाई नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका भर्चुअल अभिमूखीकरण, कृत्रिम घटना अभ्यास, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन र लेख रचना आदिका प्रतियोगितात्मक गतिविधिहरू आयोजना गरिरहेको छ । दिवसको सन्दर्भमा ७७ वटै जिल्लामा विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

 

आम मानिसहरूले व्यक्तिगत स्वास्थ्य तथा प्राथमिक उपचारको ज्ञान, सीप लिने अवसर नपाएका पनि हुनसक्छन् । त्यस्तै महामारीमा स्वास्थ्य संस्थामा अत्याधिक चाप हुन सक्ने, चिकित्सक तथा स्वास्थ्य सेवा प्रदायकको उपलव्धता कम हुनसक्ने र सार्वजनिक यातायात पनि स्थगित हुनसक्ने भएकाले स्वास्थ्य सेवा आवश्यक परेको समुदायका व्यक्तिहरू अझ जोखिममा रहेका हुन्छन् । त्यसैले प्राथमिक उपचार अभ्यासहरूमा अनुकूल हुने खालका ज्ञान सीपको प्रबर्धन गर्नु सान्दर्भिक र अत्यावश्यक भैसकेको छ ।

 

नेपाल रेडक्रसले आमसमुदाय, नेपाल सरकारका सुरक्षा निकायहरू, संयुक्त राष्ट्रसंघीय निकायहरूलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरू, औद्योगिक, व्यापारिक तथा वित्तीय निकायलाई लक्षित गरी विविध खालका सेवामूलक र प्रवर्धनात्मक प्राथमिक उपचारका तालिमका साथै परेको बेला उपचार सेवा कार्यहरू सञ्चालन गरिरहेको छ । हालसम्म मुलुकभर १,२०० जना प्रशिक्षक र ३०,००० जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरी सेवा प्रदान गरिएकोे छ। नेपाल रेडक्रसका ७७ वटै जिल्ला शाखासँग आधारभूत प्राथमिक उपचार प्रशिक्षण सञ्चालन गर्ने क्षमता समेत रहेको छ, जसबाट स्थानीय परिबेश र आबश्यकता अनुकूल हुने गरी सेवा प्रबाह गर्न सहयोग पुगेको छ ।

 

नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त छ । नेपाल रेडक्रसले आफ्नो स्थापनादेखि नै प्राथमिक उपचार सेवालाई प्राथमिकतामा राखेर कार्य अघि बढाइरहेको छ । प्राथमिक उपचार सेवामा सर्बसाधारण सबैको पहुँच बढाउनका लागि सोसाइटीद्वारा जिल्ला शाखा, उपशाखा, जुनियर तथा युवा सर्कलहरूमार्फत् प्रशिक्षण सञ्चालन गरी स्वयंसेवकहरू विकास गर्ने तथा आवश्यक परेको समयमा सेवा प्रदान गर्ने कार्य गरिंदै आइएको छ ।

 

अन्त्यमा, महामारी अनुकूल प्राथमिक उपचार अभ्यास Adapting first aid practices to the Pandemic भन्ने नारालाई आत्मसाथ गरी यस वर्ष महामारी रोकथाममा अनुकूल हुने खालका प्राथमिक उपचार ज्ञान, सीप र अभ्यासहरूकोे प्रबर्धन गर्दै समुदायमा समेत यस आपत्कालीन अवस्थामा जीवनरक्षा गर्न प्राथमिक उपचारकोे ज्ञान तथा सीपले टेवा पु¥याओस भन्ने कामना व्यक्त गर्दछौ ।

 

यस्ता उपचारकको मनोवल अझ उच्च पार्न र नेपालमा मनोसामाजिक सहयोगलगायतको प्राथमिक उपचारको प्रवद्र्धनमा सोसाइटी अन्तर्गतका निकायहरू,नेपाल सरकारका निकायहरूलगायत सबै सरोकारवाला संघ सस्थाहरूको थप सहयोगको लागि अनुरोध गर्दछौँ ।

पीताम्बर अर्याल

महामन्त्री