-फर्ष्ट डगहरु च्याप र मेजर व्हाइट हाउस आइगुपे

फर्ष्ट डगहरु च्याप र मेजर व्हाइट हाउस आइगुपे

Hollywood Khabar January 25,2021 Comments

राष्ट्रपति जो बाइडेन र फर्ष्ट लेडी डा जिल बाइडेनको आफ्नो च्याम्प र मेजर नामका फर्ष्ट डग व्हाइट हाउसमा पुगेका छन्।

राष्ट्रपति बाइडेन र फर्ष्ट लेडी बाइडेनको व्हाइट हाउस आरोहन सँगै चार दिनपछि उनीहरु पनि जनवरी २४, २०२१ आइतबार आधिकारिक रुपमा व्हाइट हाउस प्रवेस गरेका छन्। अमेरिकी फर्ष्ट फेमलीका दुइ जर्मन शेफर्ड डग च्याप र मेजर छन्।

सिएनएनका अनुसार, अमेरिकी फर्ष्ट फेमलीले व्हाइट हाउससरेसँगै आफ्ना परिवार सदस्य र पेट एनिमल पनि व्हाइट हाउस ल्याउन पाउने परंपरा छ। त्यसै अनुरुप राष्ट्रपति बाइडेन र फर्ष्ट लेडी बाइडेनको डग पनि व्हाइट हाउस आएका हुन्।