-फिल्मी शैलिमा आए सोनु रोका

फिल्मी शैलिमा आए सोनु रोका

Hollywood Khabar December 27,2020 Comments

सन्तोष दाहाल, ललितपुर १२/२७/२०

राष्ट्रिय संगीतकर्मी संघ रामेछापको अध्यक्षमा सोनु कुमार रोका निर्विरोधन निर्वाचित भएका छन्।शनिबारबाट निवर्तमान अध्यक्ष बनेका युनिक विफा घिसिङको अध्यक्षतामा भएको संघको अधिबेशनले रोकाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

रोका जिल्लामा २ पटक महोत्सव आयोजना गरी सफलतापूवर्क सम्पन्न गरेका व्यक्ति हुन्। पहिलो मन्थली नगरपालिका र दोस्रो उद्योग वाणिज्य संघसँग मिलेर महोत्सवको सफलतापूर्व सम्पन्न गरेका उनी गैरसरकारी संस्था महासंघका रामेछापका सदस्य र मन्थली नगरपालिका का अध्यक्ष पनि हुन् यस्ता दर्शनौ सस्थाको नेतृत्व गरि जिल्ला आफ्नो अपघनत्व राम्रो राख्दछ्न। उनले संघलाई राजनीतिक दाउपेचको संस्थाको रुपमा नहेर्न आग्रह गर्दै आगामी दिनमा जिल्लामा हुने मेला र महोत्सवलाई व्यवसायीक बनाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाए। उनले एक महिनाभित्रै संघको कार्यालय स्थापना गर्ने बचन पनि दिएका छन् ।

बगमती प्रदेशका मान्य शान्ती प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा र संघका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्की, महासचिव विक्रमजंग शाहसहितको उपस्थितीमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्ष तिर्थविरक्त पाख्रिन, प्रथम उपाध्यक्षमा लेखबहादुर वि.क., महिला उपाध्यक्षमा सावित्रा भुजेल, उपाध्यक्षमा रमेशकुमार थापा, सचिव द्वयमा राम वि.पी. मगर र अनिता थापा मगरलाई चयन गरेको हो ।

संघको प्रवक्तामा मिलन घिमिरे तोकिएका छन्। सह–सचिवमा नारायण थापा, कोषाध्यक्षमा सुरुची मगर, सह-कोषाध्यक्ष निकिता चौहान, सदस्यहरुमा रामकुमार तामाङ, सुलोचना थापा, मुना सुवेदी, उज्वल भटटराई र सन्जिव बोहोरा चुनिएका छन्। नव निर्वाचित कार्यसतिमिको कार्यकाल दुई वर्षको हुनेछ।