तस्बिर वेब

फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको मारुती भ्यानमा गुडीरहेकै अवस्थामा आगलागी

Hollywood Khabar July 15,2019 Comments

३१ असार,इलाम।इलामको फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको मारुती भ्यानमा सूर्योदय नगरपालिकामा पुग्दा गुडीरहेकै अवस्थामा एक्कासी आगलागी  भएको छ। साँझ साढे ७ बजेको समयमा फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको हिमाल घिसिङको मे १ ज ६७९ नम्बरको मारूती भेनमा एक्कासी आगो भएको हो। आगलागीबाट गाडीमा पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ।

सूर्योदय नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले २० मिनेटमा आगो नियन्त्रणमा लिएका थिए। गाडीमा आजै  बाइरिङ गरिएको कारणले आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।