-नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाको अधिवेशन, बिष्ट अध्यक्षका दावेदार

नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाको अधिवेशन, बिष्ट अध्यक्षका दावेदार

Hollywood Khabar November 29,2019 Comments

कृष्ण के सी/अमेरिका/११/३०/१९

नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (FIPNA) को सातौँ अधिवेशन डिसेम्बर १५, २०१९ मा हुँदैछ। अधिवेशनमा महासंघका बरिष्ठ उपाध्यक्ष राजकुमार बिष्टले आफू अध्यक्षको लागि प्रत्यासी रहेको बताएका छन्।

यो पटक फिप्नाको अधिवेशनमा कति र को-को व्यक्ति नेतृत्वका लागि आउलान त्यो भने हेर्न बाँकी छ। तर वर्तमान बरिष्ठ उपाध्यक्ष राज कुमार बिष्टले हलिउडखबरसँगको कुराकानीमा आफू अध्यक्षमा प्रत्यासी रहेको कुरा बताएका छन्। बिष्टले भने आफू राजनैतिक होडबाजी र शक्तिकेन्द्र भन्दा जनजातीहरुको ऐतिहासिक पाटो र यसको यथार्थलाइ बुझेर संघ अगाडि लैजाने कुरा बताए।

उनले भने यहाँ नेपालीहरुका हरेक संस्था राजनैतिक आस्थाबाट प्रभावित हुने गरेका छन्। तर फिप्ना एउटा फरक प्रकृतिको संस्था हो। यसले अमेरिकामा नेपालीहरुको अस्थित्व बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। तसर्थ यो जनजातिका कुरामा मात्र सिमित छैन। यो एउटा अभियान हो र यसबाट नेपालीहरुको पहिचानको लागि सिद्ध हुने कारणहरु छन्। यो राजनीतिबाट प्रभावित हुने अवस्था आउनु हुँदैन। हामीले जोगाउने र निरन्तर दिने कुरा भाषा, कला, संस्कृति र धर्म हुन्। यसको निमिट्यान्न भयो भने जनजाति मात्र होइन सिंगो नेपाली जातिको अस्थित्व समेत मेल्टिङ्गपटमा गुम हुन्छ, बिष्टले भने।

सुरुका दिनमा जनजाति र नेपालको संघियतालाइ एउटा लाइनमा मिसाएर गोलमटोल गरियो। तर वास्तविकता त्यो थिएन। हाम्रो अस्थित्व भनेको नेपालको संघियता र राज्य व्यवस्थाले भन्दा हामीले बोक्ने कुराले फरक पार्छ, अन्य कुराले प्रभावित गर्दैन। हामीसंग जबसम्म हाम्रो आ-आफ्नै भाषा, कला, संस्कृति र धर्म जिवित रहन्छ हामी पनि अस्थित्वमा रहन्छौं। अन्यथा राज्य ब्यबस्थाले दिने भनेको त केवल सामान्य सुविधा हो त्यो पनि क्षणिक रुपमा, त्यो कुरा दिगो हुँदैन। हामीले हाम्रो आफ्नै भाषा, कला, संस्कृति र धर्म बोकेनौं भने संघियता र जुनै पनि राज्यब्यबस्था आए पनि हामी टिक्न सक्दैनौं, यसमा झुक्किनु पर्ने कारण छैन।

बिष्टले अगाडी भने, म जनजातिहरुको लागि काम गर्ने एक स्वतन्त्र उमेद्वार हुँ, कुनै राजनिकरंग म मा छैन। कुनै राजनितिक रंग बोकेर फिप्नालाई शिविर क्याम्प बनाउनु छैन मलाई। नेपाल आदिबासी जनजाति महासंघ अमेरिका FIPNA केन्द्रिय समितिमा स्वंयम सेवक देखि कोषाध्यक्ष हुदै, बरिष्ठ उपाध्यक्ष सम्म रहेर चार बर्षको लामो यात्रामा बिभिन्न उतापचडाप र चुनौतीहरू बोकेको अनुभव छ। ब्यक्तिगत स्वार्थी भावनालाई त्यागेर महासंघप्रति कटिबद्द रही गहण जिम्मेवारीमा रहेर सतप्रतिशत नेपाली डायसपोरामा उल्लेखनिय कार्यक्रमहरुको नेतृत्व गर्दै केही उदाहरणीय कार्यहरु महासंघ मार्फत प्रस्तुत गर्न सफल पनि भएको छु।

मेरो यो निरन्तरलाई अगाडि बढाउन र महासंघलाई एउटा ठोस गतिमा लानको लागि मसँग रहेको यो जोश र जाँगारलाई अझै उर्जाशिलताका साथ निरन्तरता दिनको लागि मैले फिप्ना केन्द्रिय अध्यक्षको पदमा दावी र उमेद्वारी दिएको छु।

यो स्वतन्त्र छवीमा रहेको महासंघमा उमेद्वरी दिदै गर्दा मलाई कुनै राजनैतिक दलको कार्यकर्ता चाहिँ रातरात चुनावी अभियानमा लागेर चलखेल गर्नु छैन।

म खुल्ला मनले, खुल्ला हृदयले यहाहरुसँग सहयोग, साथ र सदभाबको लागि अपेक्षा र अपिल गर्दछु। कामको लागि मेरो उमेदावारी हुनेछ। आसान र भाषणको लागि मेरो उमेद्वारी हुने छैन।

मेरा मुख्य,योजनाहरु :-

- नेपालको संविधामा परिमार्जन गर्दै हाम्रा कुरा थप्न पहल गर्ने

- आदिबासी जनजातिहरुको मुख्य मुद्दामा केन्द्रित हुने

- महासंघको आर्थिक पक्ष बलियो बनाउने

- संगठन बिस्तार र सांगठानिक सशक्तिकरण गराउने

- प्रेन्ड्स अफ फिप्नाको अभियान संचालन गर्ने

-काउन्सिल अफ ट्रष्टिज्को गठनको निम्ति कार्ययोजना सहित अभियान संचालन गर्ने

-अमेरिकी मुलधारमा प्रवेश गर्ने नेपाली राजनितिकर्मी तथा संघ-संगठनलाई अगाडि बढाउने

-मातृभुमिको सर्वपरी हितका कार्यमा स्थानिय तह तथा नेपाली ड्यासपोरासँग सहकार्य गरेर अगाडि बढ्ने

धन्यवाद

राज कुमार बिष्ट

बरिष्ठ उपाध्यक्ष फिप्ना

तथा

अध्यक्षका प्रत्यासी फिप्ना सातौ महाधिवेशन, न्युयोर्क