१० जेठ काठमाडौं। शनिबार बिहान काठमाडौंमा एक कोरोना संक्रमित फेला परेका छन्।मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित काठमाडौंका ३५ वर्षीय पुरुष हुन्।शनिबार बिहान ३२ जनामा कोरोना पुष्टि भएको थियो।त्यसमा एकजना काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा उनमा कोरोना भेटिएको हो।उनको बारेमा मन्त्रालयले अन्य केही विवरण खुलाएको छैन।योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ।तीमध्ये ७ जना निको भइसकेका छन् ।
शनिबार बिहान ३२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमितमध्ये ३ जनाको मृत्यु हुँदा ७० जना निको भएका छन् ।
सिफारिस
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...
गैरआवासीय नेपाली संघ र संबद्ध पक्षबारे:बागमती टेलिभिजनको कोर इस्यूमा