-विभूषित राम थापा क्षेत्री

डाक्टर लाइसेन्समा फेल क्षत्री प्रबल जनसेवा श्री पदकबाट विभूषित 

Hollywood Khabar April 14,2019 Comments

२बैशाख,काठमाडौं।नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक फेल भएका राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएका छ्न।मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स)मा फेल भएकाले डाक्टर  लेख्ने अधिकार नहुने भएपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्रीलाइ  चिकित्सकको हैसियतमा प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदक दिइएको हो।

बंगलादेशबाट एमबीबीएस गरेका क्षेत्री मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पास गर्न सकेका छैनन्।नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले क्षेत्री चिकित्सकको रुपमा काउन्सिलमा दर्ता नभएको र काउन्सिले चिकित्सकको रुपमा मान्यता प्रदान नगरेको बताए ।विभूषण  हुने क्षेत्रीले भने आफूलाई बंगलादेशको कलेजले चिकित्सकको प्रमाणपत्र दिएको दावी गर्दै युवा अवस्थामा नै पदक पाउनु राष्ट्रको लागि पनि गर्वको विषय भएको बताए।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार विभूषण सु्सोभन समारोहकोबीच क्षेत्रीसहित ३ सय ४३ जनलाई विभिन्न मानपदवी प्रदान गरेकी थिईन।