जुनको तेश्रो आइतबार अमेरिकी फादर्स डे : ऐतिहासिक पाटो सहित

Hollywood Khabar June 16,2018 Comments

कृष्ण के सी/अमेरिका
तत्काल यो लेख्दै गर्दा विश्वका कुन-कुन र कति देशमा फादर्स डे मनाइन्छ त्यो आंकल या ज्ञान मसँग छैन। तर निश्चित कुरा के हो भने संसारका सबैजसो देशहरुमा आ-आफ्नै किसिमले फादर्स डे मनाउँछन्। नेपालमा पितृऔंसी अर्थात बाउको मुख हेर्ने दिन भनेर मनाइने कुरा सबैलाई थाहा नै छ।

त्यसैगरी अमेरिकाको फादर्स डे यो बर्ष आज जुन १७, २०१८ आइतबारका दिन परेको छ। उसो त अमेरिकामा जुनको तेश्रो आइतबार फादर्स डे मनाइने गरिन्छ। फादरको योगदान र पहिचान, शिल-स्वभाव अनुसार सन्तानको बिकासमा असर पर्छ भनिन्छ।

रेकर्ड अनुसार सन १९०७ डिसेम्बरमा Monongah, West Virginia मा भएको माइनिङ्ग एक्सीडेण्टमा मृत्यूहुनेहरुको सम्झनामा उनीहरुका सन्तानहरुले मेमोरियल डे का दिन मै फादर्स डे मनाइने गरिएको बताइन्छ। तर पछिका दिनहरुमा जुनको तेश्रो आइतबार फादर्स डे मनाइन्छ

फादर्स डेका दिन आफ्ना फादरलाइ उपहार दिने, शुभकामना दिने, खानको लागि लैजाने, खान बोलाउने, घरमा सामान्य मेण्टेनेन्श गरिदिने, घरका पुग-नपुग सर-सामान किनिदिने आदि गर्छन धेरैजसो अमेरिकनहरु।

फादर्स डेका दिन आफ्ना फादर मात्र होइन स्टेप फादर, फादर इन ल, ग्रान्ड फादर, ग्रेट ग्राण्ड फादर र नाताले कजिन फादरहरुलाई पनि संझने र उपहार दिने गरिन्छ। उसो त बितेका फादरको संझनामा प्रार्थना गर्ने र उनीहरुको इच्छा पुरा गर्न सन्तानहरुले योगदान गर्ने चलन पनि छ।

उसो त Sonora Smart Dodd का फादरले छ सन्तान छोडेर स्वर्ग जाने श्रीमतीको बोयोगमा आफ्ना सन्तानलाइ गरेको योगदानको कथा र फादर्स डे सुरुवातीका कुरासँग जोडिएका छन। पहिलो फादर्स डे भने जुन १९१० मा मनाइयो र फादर्स डेको आधिकारिकता दिने काम भने १९७२ मा President Nixon बाट भएको छ।

अमेरिकामा फादर्स डे राष्ट्रिय स्तरमा मनाइने भएता पनि छुट्टी भने पर्दैन अर्थात होलिडेको बेनिफिट दिने गरिंदैन। यातायात र अन्य सार्जजनिक सवारी पनि अरु सन्डेको जस्तो रेगुलर स्क्याजुलमा चलाइन्छ।