अर्जुन कुमारको चलचित्र ‘फाटेको जुत्ता’

Hollywood Khabar November 01,2017 Comments

गीत र आकर्षक ट्रेलरका कारण चर्चामा रहेको नेपाली चलचित्र फाटेको जुत्ता कात्तिक १७ देखि रिलिज हुन लागेको छ । कात्तिक १७ लाई प्रदर्शन तिथी तय गरिएको यो चलचित्र यो दिन देखि अल नेपाल रिलिज हुने छ । अहिलेको चर्चित नायक सौगात मल्ल यो चलचित्रमा फरक भुमिकामा देखिदै छन् । उनलाई अहिलेकी चर्चित नायिका प्रियंका कार्किले साथ दिएकी छिन् । चलचित्रको ट्रेलरमा देखाएको दृष्य अनुसार यो चलचित्र हाास्यव्यंग्यात्मक शैलीमा समाजमा हुने गरेका यथार्थतालाई उतार्न खोजिएको छ । अर्जुन कुमारले निर्माण गरेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् ।