रसिक रश्मी, काभ्रे, पाँचखाल, डिसेम्बर २७, २०१७
रुवाँउछ यै दुनियाँ र भन्छ हाँसी राख्नु पर्छ
जहर पिलाउदै भन्छ बाँची राख्नु पर्छ !
निशब्द बनाएर रित्त्याई सकेपछी अझै
भन्छरे छोड्दे आज हिसाब बाँकी राख्नु पर्छ !!
ए परदेशी बाबु फर्क अब त आफ्नै घरमा
चुहिएको छ दलिन छानो टाँली राख्नु पर्छ !!!
आँखा टट्टिउन्जेली बाटो हेरिरहन्छिन आमा
बनि आशाको दियो बलिदिने बाती राख्नु पर्छ !!!!
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...