Sharda Shrestha

फेसबुकमा लाईक र कमेन्ट: शारदा श्रेष्ठ

Hollywood Khabar July 08,2017 Comments

शारदा श्रेष्ठ, अमेरिका, जुली ९, २०१७

सामाजिक संजालले आजभोली संसारको जुन सुकै कुनामा बसेको भए पनि सबैलाई सजिलै सबै संग सम्पर्क गराउछ। हातमा फोन र फोनमा सामाजिक संजाल हेर्न नपाउने हो भने ब्यक्तिले आफुलाई संसारका सबै सुचना संग सम्पर्क बिहीन ठान्न पुग्छ। संचारका माध्यम संगै भुगोलको बिकटताले कसैलाई पनि टाढीन परेको छैन। बर्षौ बिछडीएका भेट्दा चिन्न पनि नसकिनेहरूलाई सामाजिक संजालले चिनाई दिएको छ।

फुलको आखामा फुलै संसार काढाको आखामा काढै संसार भने झै यस्लाई सदुपयोग र दुरूपयोग गर्नेहरूको संख्या पनि उत्ति नै होला। बढी भन्दा बढी फेसबुक चलाउनेहरू राम्रा फोटो र उत्ताउला अभिव्यक्ति देख्ना साथ लाईक र कमेन्ट गरीहाल्छन्। न चिनजान, न सरसाईनो साथी बनाउन अनुरोध पठाउने र आफु प्रति आकर्षण बढाउन बुझ्दै नबुझेका बिषयमा लाईक र कमेन्ट गर्ने चलन कति सम्म सान्दर्भिक हुन्छ नपरे सम्म कोही पनि चेत्दैनन्।

आफ्नै फेसबुकमा धेरै लाईक कमेन्ट आएन भने मानिस उदास हुन्छन् र बढी भन्दा बढी लाइक पाउन तेस्तै खालको पोस्ट हाल्ने गर्छन्। कतिपय मान्छेहरू बिषयको गाम्भिरतालाई नबुझी लाईक र कमेन्ट पनि गरी हाल्छन्। जुन कुराले कहिले काही कानुनी झमेला पनि ल्याउन सक्छ।

सामाजिक संजालले कतिपय मुध्दा सल्टाउन सधाएको पनि छ तर कतिपय मामलामा यस्ले धेरैलाई मुर्ख पनि बनाएको छ। टुटेका सम्बन्ध जोडेका छन् भने घृणा द्वेस र बैमनस्यता पनि फैलाएको छ। संजालमा गलत सन्देश फैलाएर वा कतिलाई मुर्ख बनाएर पैसा लुटेको पनि सुन्नमा आएको छ। कतिपयले संजालकै माध्यमको कारणले ज्यान गुमाएका छन् । पुलिसलाई चोर समात्न संजालले सघाएको छ भने चोरले यस्लाई प्रयोग गरेर नंया नंया उपाय निकालेका पनि छन्। यसको मतलब यस्का राम्रा र नराम्रा दुवै पक्ष छन् कसरी प्रयोग गर्ने आफ्नो कुरा हो।

कतिपयले नक्कली माया जालमा फसाएर ईज्जत लुटेकाछन् कतिको घर बर्बाद पारेको धेरै उदाहरण नेपालमै भेटीन्छ। भारतमा कल्पना नाम गरेकी केटीले फेसबुकमा लाईक गरेको आधारमा आत्महत्या गर्नु पर्यो। विद्यार्थी कल्पनाको कसुर तेती मात्रै थियो की उनले आफुलाई पठाएको शिव भगवानको एक फोटोमा लाईक गरेकी थिईन। त्यो फोटोमा लेखिएको थियो - "आज सोमवार शिव भगवानको यो फोटोमा एक लाइक दिनुस"। त्यसको २ दिन पछि आफ्नै क्लास को १ केटाले उसको रेट सोध्यो। कल्पना जिल्ल परिन र केटालाई गाली गर्न थालीन। सो केटा साथीले कल्पनाको फोटो अश्लील साइटमा देखेको थियो तेसैले रेट सोधेको बतायो।

कल्पनाले पोस्ट लाइक गर्ना साथ फोटो पोस्ट गर्नेको फेसबुकमा नोटिफिकेशन गयो। तेसपछि कल्पनाको प्रोफाइल खोलेर कल्पनाको सबै भन्दा राम्रो फोटो लिएर अश्लील साइटमा" तपाईलाई सेक्सी कुरा गर्न मन लागे मेरो फेसबुकमा सम्पर्क गर्नुस" भन्ने शिर्षक राखेर राखिदिएछन्। कल्पनाको फोटो अश्लील साइटमा देखेपछी केटाहरूले उस्लाई नाना तरहका ताना सुनाउन थाले । यो अवस्थालाई झेलन नसकेर कल्पनाले आत्महत्या गरिन।

सामाजिक संजालमा वेला न कुवेला सहुलियत दरमा ऋृण दिने भनेर साथी भाईहरूबाटै आउने मेसेजले मान्छेले धोखा पाएका छन् । कुनै पेजमा लाईक गर्न भनिन्छ लाईक गर्ना साथ लाईक गरेको पेज संजाल गिरोहको जालमा फस्छ र सजिलै लुटिएको थाहा नै पाउदैनन्।

सोशल मीडियामा जे देखे पनि लाईक गर्ने र तेसैको माध्यबाट अन्जान ब्यक्ति संग च्याटीगं गर्नेको संख्या किशोर किशोरीमा बडी देखिएको छ। यस्तै च्याटिगंको संगतमा परेर २ दिदी बैनीले घरै छोडे । परिवारले सम्झाउन खोज्दा घरै छोडेर बेपत्ता भएका दिदी बैनीको खोजी गरिए पनि पाउन सकिएको छैन। एक सेनाको बाबुले १५ र १७ बर्षका आफ्ना छोरीहरूलाई परिक्षाको बेला फेसबुक नचलाउन गाली गरे पछि छोरीहरूले घरै छोडेर हिडे। भोली पल्ट बिहानै बावु आमा मर्निगं वाकमा गएको वेला दुबै दिदी बैनीले आफ्ना चाहिने सबै सामान लिएर घर छोडेको बर्ष दिन बिती सक्दा पनि कतै भेट्टाउन सकिएको छैन।

हाम्रो समाजमा पनि फेसबुकको माध्यमबाट आफुलाई असल सामाजिक प्राणी देखाउन आफ्ना फेसबुकमा लाईक र कमेन्ट गर्न दबाब दिनेहरूको कमी छैन। ठूला आदर्शका कुरागर्ने र समाजलाई भूल भुलैयामा राख्नेहरूले यस्को सदुपयोग भन्दा दुरूपयोग नी गरेका छन्। यस तर्फ समाज सजग र सचेत हुनै पर्छ।