एभरेष्ट नेपाल कल्चरल ग्रुपले ग्रीस आफ्नो प्रस्तुति गर्यो

Hollywood Khabar September 06,2017 Comments

काठमाडौं। सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउदै आइरहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले हाल ग्रीसको स्कोपेलोस तथा सालोनिकी शहरको छुट्टा छुट्टै अन्तराष्ट्रिय लोक सांकृतिक। मेला August 26 देखी September 04 सम्म आयोजित मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ।
एभरेष्ट नेपालका कल्चरल ग्रुप प्रमुख रामचन्द्र कोइराला (आर.सी) को संयोजकता तथा ग्रुपका निर्देशक मिराज कोइराला र सीतल आचार्य (सिता) को अगुवाईमा गएको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो | उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, झोडा, सतार , शेब्रु, धिमाल, यती झाक्री, सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको थियो|
मेलालामा ग्रुपका प्रमुख रामचन्द्र कोइराला (आर.सी), निर्देशक मिराज कोइराला र सितल आचार्य (सिता), शम्भु शाही, कृष्ण रेउले, रुपिन डङोल, राजु गिरी,  सपना महर्जन, अनिता अधिकारी (अनु), सिमरन शाही, प्रमिला रिजाल लगाएत कलाकार हरु सहभगि भएका थिए |
शो अवसरमा ग्रुपका निर्देशक मिराज कोइराला र सितल आचार्यले स्कोपेलोस तथा सालोनिकी शहरका नगरपालिका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाब तथा आयोजकलाई भेटि नेपालमा सास्कृतिक पर्यटन प्रबर्दन गर्न सकिने बारे र भविष्यमा यस सम्बन्धि बिशेस कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताउनुभयो |
“मेलामा सहभागी जनाउदा कतिपय  राष्ट्रका नागरिकले नेपालको नामै नसुनेको, सगरमाथा (एभरेष्ट)को नाम सुनेको तर कहाँ पर्छ भन्ने पनि थाहा नभएको, बुद्ध जन्मियको ठाउँ भन्ने पनि थाहा नपाएको देखिन्छ त्यतिबेला आफ्नो मननै भक्कानिएर आउछ, एकदमै दुख लाग्छ |” प्रमुख आर.सी. कोइरालाले भन्नु भयो| उहाले अगाडि भन्नु भयो “नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृतिलाइ बिश्वब्भर नेपाललाई चिनाउने र नेपाली सस्कृति मार्फत बिश्वभर राजदुतको काम गर्ने कलाकार तथा सस्थालाई राज्यले बेवास्ता गरेको हुदा दुखलाग्छ | कला सस्कृतिलाई प्रबन्धन तथा सम्बर्दन गर्ने सस्था, कलाकारहरु राष्ट्रको सम्पति हुन् भन्ने कुरा राज्यले बुझ्न गरुरी छ|”