एभरेष्ट बैंकको ८१ औं शाखा नुवाकोटको दुप्चेश्वरमा

Hollywood Khabar May 23,2018 Comments

२४ मे/नुवाकोटबाट प्राप्त
एभरेष्ट बैंकले नुवाकोटको दुप्चेश्वरमा आफ्नो ८१ औं शाखाको औपचारिक उदघाटन गरेको छ।

दुप्चेश्वर शाखाको उदघाटन दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ र बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गर्नुभयो। सो समुदघाटन कार्यक्रममा दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्य, प्रमुख प्रशासकिय अधिकृत कृष्णहरी पौडेल, समुन्द्रटार प्रहरी चौकीका इन्चार्ज तथा अन्य व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो।

बैंकले दिएको जानकारी अनुसार हाल एभरेष्ट बैंकले ८१ वटा शाखा ७ एक्सटेन्सन काउन्टर २८ राजश्व संकलन काउन्टर र ११३ एटीएमहरु बाट बैंकिङ सेवा प्रदान गरी रहेको छ। नेपालका धेरै गाउँपालिकाहरुमा बजेट ठूलो हुँदा-हुँदै पनि बैंक नहुँदा टाढा सम्म जानु पर्ने अवस्थामा छ। यो बैंकको सेवाले गाउँपालिक, स्थानिय उद्योग, ब्यबसाय र समुदाय समेतलाइ फाइदा हुने कुरा दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले हलिउडखबरलाइ बताउनु भयो।