यौनाङ्ग देखाएको आरोपमा बाबुछोरा पक्राउ

Hollywood Khabar September 18,2018 Comments

४ असोज ताप्लेजुङ।सार्वजनिक स्थानमा यौनाङ्ग देखाएको आरोपमा बाबुछोरा पक्राउ परेका छन्।फुङलिङ नगरपालिका–६ विहिबारे निवासी सुमन लिम्बु असोज १ गते र उनका बाबु तेजबहादुर लिम्बु भदौ ३१ गते पक्राउ परेका हुन्।गत भदौ २१ गते दिउँसो छोरा सुमनले बाटोमा निस्केर यौनाङ्ग देखाएको र बाबुले छोरालाई प्रोत्साहन गरेको भनि छिमेकीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले जानकारी दिए।नयाँ मुलुकी संहिता अनुसार सार्वजनिक स्थलमा यौनाङ्ग देखाउनेलाई १० वर्षभन्दा माथीका व्यक्तिलाई ६ महिनासम्म कैद हुने व्यवस्था छ। 

यसैबीच जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका मैवाखोला गाउँपालिका–५ का कमल लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।भदौ ४ गते १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भदौ ६ गते पक्राउ परेका २३ वर्षीय लिम्बुलाई अदालतले मंगलबार उक्त आदेश दिएको हो।