Bijaya Thapa, enepalese.com

अमेरिकामा संचार माध्यम माथि छद्मभेषी नेपाली आक्रमणको ईनेप्लिजद्वारा भर्त्सना

Hollywood Khabar February 12,2019 Comments

अमेरिकाको डीसी महानगर क्षेत्रबाट संचालित बिधुतिय पत्रिका ईनेप्लिजद्वारा सामाजिक संजाल फेसबुक (मुहार पुस्तिका) मार्फत गरिने प्रत्यक्ष प्रसारण कार्यकमलाई अमेरिकामा रहेका छद्मभेषी नेपालीहरुद्वारा कार्यक्रमलाई अवरोध तुल्याउने प्रयास गरिएको छ ।

नेपाली समुदायको गतिबिधि र कार्यक्रममा समर्पित समुदायमा आधारित उक्त संचार माध्यमको प्रख्यात कार्यक्रम सच्चीको साथमा नामक कार्यक्रमलाई आक्रमण गरिएको हो। यसप्रति उक्त संचार माध्यमको तर्फबाट यस्ता गतिविधिको घोर भर्त्सना गर्दै यस्ता तल्लो स्तरको हर्कत, काम कारवाही भबिष्यमा बिध्न वाधा नगर्न संलग्न हुने जो कोहीलाई चेतावनी दिएको छ ।

ईनेप्लिज परिवार द्वारा जारी छापा बिज्ञप्तिमा संचार माध्यमको ध्यानाकर्षण भएको जनाउदै नियतिपूर्ण गरिएको यस्ता घृणाजनक क्रियाकलापमा संलग्न नहुन र बिध्न बाधा नपुर्याउन यसै सूचना मार्फत ध्यानाकर्षण गराउन चाहन्छ भनेको छ। संचारकर्मी सच्ची मैनालीले संचालन गर्दै गरेको सच्चीको साथमा नामक कार्यक्रमको बीच मै एनआरएनका अभियन्ताहरू संग अन्तर्वार्ता लिने क्रममा २ फरक तर एनआरएन अमेरिकाकै कार्यक्रममा ३ पटक सम्म अवरोध पारिएको थियो।

समुदायमा काम गर्ने संचार माध्यममा यस्तो लज्जाजनक कुकृत्य गर्ने बिशेष गरि गैरआवासीय नेपाली संघका बिषयमा तितो र सत्य श्रवण गर्नै नसक्ने पदाधिकारीका झोला बोक्ने र भजन गाउने कार्यकर्ताहरूद्वारा यस्तो निकृष्ट हरकत गरिएको हो ।

सामाजिक संजाल फेसबुकलाई प्रत्यक्ष प्रसारण हुदा हुदै तत्कालै बेनामी रुपमा उक्त कार्यक्रम समुदायको बिपरित गएको उजुरी हाली यस्तो गरिएको प्रतिबेदन (रिपोर्ट) हामीलाई प्राप्त भएको छ ।

ईनेप्लिज कि आवासीय सम्पादक संचारकर्मी सच्ची मैनालीले किन लिईरहेका छैनन् आम एनआरएनले सदस्यता ? कसरी सम्बोधन गर्न सकिन्छ यसलाई ? एनआरएन अमेरिकाको अबको आसन्न निर्वाचन निष्पक्ष हुन्छ भन्ने आधार छ ? भन्ने बिषयमा एनआरएनका अभियन्ताहरू र पत्रकारहरूसंग गरीएको अन्तरवार्ता सहितको प्रत्यक्ष प्रसारणलाई अवरोध गरिएको थियो ।

अन्तर्वाता कसरी समुदायको हित भन्दा तल्लो स्तर तथा बिपरित हुन सक्छ? जव कि ईनेप्लिज पूर्णरुपमा समुदाय कै लागि समर्पित छ । अन्तर्वार्ता लगत्तै मैनालीले आफ्नो व्यक्तिगत सामाजिक संजाल मार्फत धम्क्याउने र तल्लो स्तरको शब्द प्रयोग गरेर निचता प्रदर्शन गर्ने जो कोही ब्यक्ति र प्रवृत्तिहरु प्रति मेरो घोर आपत्ति भएको सार्वजनिक रुपमा बोलेकी थिइन्। उनले चेतावनी स्वरुप बेलैमा सम्हालिनु भनि चेतावनी दिएकी थिइन् ।

पत्रकारिता पेशामा संलग्न हामी निडर, निस्पक्ष, स्वतन्त्र भएर यस्तासंग मुकवाला गर्न तत्पर रहेका छौ।

विजय थापा

सम्पादक, इनेप्लिज डटकम