-साङ्केतिक तस्बिर साभार वेब

एम्बुलेन्समा राखेर गाँजा तस्करी! 

Hollywood Khabar January 25,2020 Comments

१२ माघ, काठमाडौं ।प्रहरीले  मकवानपुरमा एम्बुलेन्स राखेर तस्करी गरिएको   ३० किलो गाँजा सहित ९१ हजार रुपैयाँ पनि बरामद गरेको छ।शनिबार बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्स चेकगर्दा ३० किलो ६ सय ग्राम गाँजा फेला परेपछि गाँजा र चालकसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य चौकीको एम्बुलेन्समा गाँजा सहित्  ९१ हजार रुपैयाँ पनि बरामद गरेको छ ।प्रहरीले एम्बुलेन्स चालक रौतहटको डमुरिया नगरपालिकाका महम्मद खलिद, रौतहट डुमरियाका अशोक कुमार र भारत मोतिहारीका विनोद सहनीलाई पक्राउ गरेको छ ।