-एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित

Hollywood Khabar April 25,2021 Comments

हलिउडखबर, अप्रिल २५, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले २०२१-२०२३ कार्यकालको नेतृत्वमा जान इच्छित भएर मनोनयन दर्ता गर्नेमध्ये भ्यालिडहरुको पहिलो लिष्ट प्रकाशित गरेको छ।

पहिलो लिष्टमा अध्यक्षमा ५, बरिष्ठ उपाध्यक्षमा ३ सहित विभिन्न पदका उम्मेदवारहरुको नाम प्रकाशित गरिएको छ। अमेरकाका ५० राज्य मध्ये १०० या त्यो भन्दा धेरै पंजीकृत सदस्य भएका २९ राज्यहरुमा नेतृत्व चयन हुनेछ। यसमध्ये थुप्रै राज्य च्याप्टरका अध्यक्ष निर्बिरोध भएका छन्।

https://www.nrnusa.org/media/election_document/Notice-14-Notice_on_first_Candidate_list_publicaiton.pdf

प्रकाशित उम्मेदवारहरुको बिस्तृत विवरण हेर्नको लागि यो लिंक क्लिक गर्नुहोस:

https://www.nrnusa.org/media/election_document/Candidate_List-1.pdf

स्मरण रहोस यो पटकको लागि एनसीसी अमेरिकाका लागि २० हजार १ सय ३९ जना मतदाताहरु रहेका छन्। अब उम्मेदवारहरुको बिरुद्धमा दावी-बिरोधको समय सुरु भएको छ। दावी-बिरोध अप्रिल २६ को ११:५९ (पूर्वीय समय) सम्म प्राप्त भैसक्नु पर्ने छ। त्यसपछि निर्वाचन आयोगले अप्रिल ३०, २०२१ मा उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित गर्दै उम्मेदवारी फिर्ता लिने सूचना जारि गर्नेछ।

दावी बोरोध गर्ने लिंक:

https://www.nrnusa.org/media/election_document/NRNA_NCC-USA_Election_Candidate_Complaint_Form.pdf

संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ